+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रभु बैंक र उद्यम नेपालबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १६:५४

काठमाडौं । प्रभु बैंक लिमिटेड र यूएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालबीच सहयोग सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा यूएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजनाका प्रतिनिधि एग्नेस लुज र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरे ।

नेपालको अर्थतन्त्रलाई कोभिड-१९ को महामारीपछि सुधार गर्दै दीगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमका लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दीगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्नु रहेको जारी विज्ञप्तिमा उल्लेख छ । विशेष गरी कृषि, पर्यटन तथा डिजिटल सेवाका क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त लक्ष्य हासिल गर्न यूएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालको सहकार्यमा प्रभु बैंकले कर्मचारीहरुको सीप, क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरुको सञ्चालन तथा नयाँ नयाँ विधि, प्रविधि, स्रोत तथा साधनहरुको प्रयोग गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?