+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कैलाली प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थीलाई रिहाइ गर्न ८ विद्यार्थी संगठनको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १७:४३

१६ मंसिर, धनगढी । ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया चेतना साउदको न्यायका लागि धनगढीमा प्रर्दशन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थीहरुलाई निशर्त रिहाइ गर्न माग गरिएको छ । विभिन्न राजनीतिक दल सम्बद्ध ८ विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।

चेतनाको न्यायका निम्ति भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै प्रर्दशनका क्रममा नियन्त्रणमा लिइएका विद्यार्थीहरुलाई रिहा गर्न जारी विज्ञप्तिमा भनिएको छ ।

‘चेतनाको न्यायका निम्ति भइरहेको आन्दोलनप्रती ऐक्यबद्धता जाहेर गर्दै आन्दोलनका प्रहरी प्रशासनको धरपकड र गिरफ्तारीको निन्दा र भर्त्सना गर्दछौँ,’ जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘गिरफ्तारी गरिएका साथीहरुलाई नि:शर्त रिहा गर्न माग गर्दछौँ । साथै ग्रेडर चालकलाई कडा कारवाही गरी मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्दछौँ ।’

विज्ञप्तिमा नेपाली कांग्रेस निकट नेविसंघ निवर्तमान सहमहामन्त्री अच्युत कलौनी, एमाले निकट अनेरास्ववियु सुदूरपश्चिमका संयोजक मनोज राई, माओवादी निकट अखिल क्रान्तिकारीका प्रदेश अध्यक्ष दिपककुमार डिसी, विप्लव नेकपा निकट अखिल क्रान्तिकारीका प्रदेश इन्चार्ज बबरजंग सिंह लगायतले हस्ताक्षर गरेका छन् ।

ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी बालिकाका परिवारले प्रहरीले चालकविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि शव बुझेका छन् । शुक्रबार निषेधाज्ञा तोडेर प्रर्दशनमा उत्रिएका २१ जना विद्यार्थी र केही स्थानीयलाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेर्नुहोस् ८ विद्यार्थी संगठनले जारी गरेको संयुक्त विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?