+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
92/3 (12.4)
VS
चितवन राइनोज 2025
0/0
Shares

चार्ल्स शोभराज रिहा भएपछि करिश्मा आक्रोशित

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १७:३८

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर चार्ल्स शोभराजको रिहाइलाई लिएर आक्रोशित भएकी छन् । फेसबुकमा शोभराज लक्षित स्टाटस लेख्दै उनले एउटा अपराधी जेलमुक्त भएको उल्लेख गरेकी छन् ।

‘एउटा अपराधी जेलमुक्त भयो । नातिनी सरह डेट जान चाहन्छिन् । यो आजको समाचार हो । अब रेपमा हामी जसलाई पोलुँ,’ करिश्माले लेखेकी छन् ।

करिश्माको स्टाटसमा उल्लेख भएको ‘नातिनी सरह डेट जान चाहन्छिन्’ भन्नुको अर्थ शोभराजको जीवनमाथि निर्माण भएको नेटफ्लिक्स सिरिज ‘द सर्पेन्ट’की नायिका जेन्ना कोलम्यानले आफू शोभराजबाट प्रभावित भएकाले डेट जान चाहेको सन्दर्भप्रति लक्षित छ ।

शोभराजको रिहाइ र डेटिङको सन्दर्भ जोड्दै उनले बलात्कारको प्रसंग जोडेकी छन् । पोस्टको एक कमेन्टमा उत्तर दिंदै करिश्माले अपराधी अपराधी भएको भन्दै मानवीय स्वभाव राख्न सुझाएकी छन् ।

करिश्माको यो स्टाटसमा विभिन्न थरी टिप्पणी आइरहेका छन् । कतिपयले करिश्माले बिना सन्दर्भ बेतुकको कुरा गरेको भन्दै आलोचना पनि गरेका छन् भने कतिले उनको भनाइमा समर्थन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?