+
+

६ महिनामै फेरिए काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयका प्रमुख

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते २०:४६
एसएसपी भरत बोहोरा र जनक भट्टराई ।

२८ पुस, काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख ६ महिनामै फेरिएका छन् ।

अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी एसएसपी डा. मनोजकुमार केसीले पाएका छन् भने काठमाडौं प्रहरी प्रमुखमा एसएसपी दानबहादुर कार्की आएका छन् । केसी र कार्की दुवै प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए ।

एसपी मनोज केसी र दानबहादुर कार्की

अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखा र काठमाडौं प्रहरी प्रमुख बोहोरा सुपरीवेक्षण तथा अनुगमन महाशाखा नक्साल सरुवा भएका छन् ।

उनीहरूले २२ असारमा काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गर्ने जिम्मेवारी पाएका थिए । तर, उनीहरुको कमाण्ड क्षमतामाथि प्रहरी प्रधान कार्यालयले प्रश्न उठाउँदै आएको थियो ।

जिल्ला प्रहरी परिसर, ललितपुरमा सिद्धिविक्रम शाह पठाइएका छन् । मानव बेचबिखन ब्यूरोमा जीवनकुमार श्रेष्ठ सरुवा भएका छन् । उनीहरुसहित २४ जना एसएसपीको बिहीबार काज सरुवा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?