+
+
WC Series
पोखरा एभेन्जर्स 2025
9/1 (2.2)
VS
१०६ बलमा १५७ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

प्रधानमन्त्री प्रचण्डका सबै कार्यक्रम स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १३:५६

१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारका लागि तय भएका आफ्ना सबै औपचारिक कार्यक्रम स्थगित गरेका छन् ।

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि त्यसबारे छलफलमा केन्द्रित भएका प्रचण्डले बाँकी सबै कार्यक्रम स्थगित गरेको उनको सचिवालयले जनाएको छ ।

आइतबार मन्त्रालय भागवण्डा लगायतका विषयमा सत्ता साझेदार दलहरुका बीचमा छलफल गर्ने तय भएको थियो । त्यस्तै प्रधानमन्त्री प्रचण्डले सभामुख र उपसभामुखको निर्वाचनको विषयमा कांग्रेस सहितका दलहरुसँग छलफल गर्ने तयारी पनि गरेका थिए ।

आइतबार नै टुँडिखेलमा भइरहेको थारु समुदायको र मगर समुदायको माघी महोत्सवमा सहभागी हुने कार्यक्रम तय भएको थियो । औपचारिक/अनौपचारिक रुपमा तय भएका सबै कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?