+
+

विश्वप्रकाशलाई ओलीको जवाफ : प्रणालीमा बाँधिनुलाई पिंजडा ठान्नु अशुभको संकेत

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १७:२४

५ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रणालीमा बाँधिनुलाई पिंजडा ठान्नु अशुभको संकेत भएकाे बताएका छन् ।

बिहीबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले मानव समाजमा सामाजिक, धर्म, इमान जमानको बन्धन हुने बताए । तर कांग्रेसले सरकारको समर्थन गर्ने तर सरकारमा हिस्सेदारको विरोध गर्ने गरेको बताए ।

उनले भने, ‘बेलगाम चल्ने, थिति, विधिमा नबाँधिने र प्रणालीका प्रबन्धभित्र बाँधिनुलाई पिंजडा ठान्नु नै अशुभको संकेत हो ।’

संसद बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ओलीमाथि प्रधानमन्त्रीलाई पिंजडामा राखेको आरोप लगाएका थिए । आफू प्रधानमन्त्री भएको बेला संविधानले चिन्दैन भनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व गरेर ओलीले प्रधानमन्त्रीलाई पिंजडामा राख्न खोजेको उनको दाबी थियो ।

एमाले अध्यक्ष ओलीले भने संयन्त्र बनाउने अभ्यास कांग्रेसले नै थालेको बताए । हिजो आफूले संयन्त्र चाहिँदैन भनेको स्वीकार गर्दै उनले भने, ‘गत सरकारको समयमा नेपाली कांग्रेसले रामचन्द्र पौडेलजीको नेतृत्वमा संयन्त्र बनाएर एउटा नयाँ प्रचलन सुरु गर्‍यो । त्यो त अभ्यासका रुपमा आइसक्यो त !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?