+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एमालेविरुद्ध फेरि चक्रव्यूह रचिनसक्छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १७:३५

५ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको टिप्पणी गरेका छन् ।

स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरुले चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै उनले त्यसलाई तोडेर अघि जानुपर्ने बताए ।

‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको भर्चुअल रुपमा शुभारम्भ गर्दै ओलीले अस्वस्थ ढंगले चल्ने राजनीतिक दलहरुलाई पराजित गर्ने गरी तयारी गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।

‘निकट विगतमा हामीले जुन प्रकारका समस्या भोगेका छौं, आगामी दिनमा भोग्नु नपर्ला भन्न सकिन्न,’ ओलीले भने, ‘उनीहरुको फेरि उस्तै किसिमको चक्रव्यूह हुँदैन भन्न सकिन्न । यस्तो स्थितिमा हामीले आफूलाई तयार राख्नु पर्दछ ।’

अस्वस्थ प्रतिस्पर्धाहरुलाई पराजित गर्न सक्ने गरी तयार हुनुपर्ने उनले बताए । पार्टी हितको पक्षमा नउभिने नेता कार्यकर्तालाई पार्टीले पनि हित नगर्ने उनले बताए । ओलीले अघि भने, ‘हामीले पार्टीको अहित ग¥र्यौं भने उसको पनि हित हुँदैन । एमालेको रक्षा जसले गछौैं, एमालेले तिनको रक्षा गर्छ ।’

अब हुने निर्वाचनमा ५० प्रतिशत भन्दा बढि स्थानमा पार्टीलाई विजयी गराउने गरी ‘मिसन ग्रासरुट’ अभियान संचालन गरेको उनले बताए । दुई महिने अभियानबारे प्रष्ट पार्दै एमाले अध्यक्ष ओलीले भने, ‘यो दुई महिने अभियान नै आगामी ४ वर्षको अभियान हो । त्यसको जग बनाउने छ यसले ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?