१२ फागुन, काठमाडौं । तीव्रगतिका बलर हेमन्त धामी र स्पिनर सुवास भण्डारीले यू–१९ राष्ट्रिय टिमबाट डेब्यु विकेट लिएका छन् ।
युएईमा चलिरहेको यू–१० विश्वकप क्रिकेटको एशिया छनोटमा सिंगापुर विरुद्धको खेलमा उनीहरुले डेब्यु विकेट लिएका हुन् ।
हेमन्तले ३.३ ओभरमा सिङ्गापुरका ओपनर राहिल खानलाई आकाश त्रिपाठीबाट क्याच आउट गराएका हुन् । राहिल १० बल खेल्दै शुन्यमै आउट भए ।
नेपालका लागि दोस्रो विकेट ११.३ ओभरमा सुवास भण्डारीको बलिङ ओभरमा अर्जुन नागपाल ३५ बल खेल्दै १४ रन बनाउँदै रन आउट भएका थिए ।
त्यस्तै, स्पिनर सुवास भण्डारीले १३.३ ओभरमा माहियु भाटियालाई हेमन्त धामीको बलमा क्याच आउट गराए । माहियुले ८ बलमा ३ रन मात्रै बनाउन सके ।
नेपालसँगको खेल जित्न २६२ रनको लक्ष्य पछ्याएको सिंगापुरले २७ ओभरको खेल सकिँदा ३ विकेट गुमाएर ६३ रन मात्र बनाएको छ ।
प्रतिक्रिया 4