+

लिगमा एउटा खेल खेलेर संकटाका कप्तान सुनिल बल अष्ट्रेलिया जाँदै

२०७९ फागुन  २२ गते १६:१५ २०७९ फागुन २२ गते १६:१५
लिगमा एउटा खेल खेलेर संकटाका कप्तान सुनिल बल अष्ट्रेलिया जाँदै

२२ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबको कप्तानी गर्दै खेलेका विंगर सुनिल बल अष्ट्रेलिया जाने भएका छन् ।

सुनिल आज सोमबारराति अष्ट्रेलिया प्रस्थान गर्दैछन् । यसअघि संकटामा लिगका लागि अनुबन्ध भएका गौतम श्रेष्ठ अष्ट्रेलिया गइसकेका छन् ।

सुनिल अष्ट्रेलियामा हुने प्रतियोगिता खेल्न जान लागेको संकटा क्लबले जनाएको छ । संकटा क्लबका एक पदाधिकारीले अष्ट्रेलियामा केही खेल खेलेर सुनिल फर्कने बताए ।

सुनिल बलले पनि डबल राउण्ड रोविनमा सञ्चालन हुने लिगको पहिलो भागको खेल छुट्ने भए पनि दोस्रो भागको खेल खेल्ने आफू फर्कने बताए । सुनिलले अष्ट्रेलियामा युनाइटेड एफसीबाट प्रतियोगिता खेल्नेछन् ।

कप्तान नै बिचमा छाडेर जाँदा क्लबको प्रदर्शनमा स्वभाविक रुपमा असर पर्ने भन्दै संकटाका एक पदाधिकारीले अन्य खेलाडीले उनको स्थान लिने बताए ।

यस सिजन संकटाले लिग उपाधि नै जित्ने लक्ष्यसहित सुनिल बलसहित मनिष डाँगी टिकेन्द्र थापा निशान खड्का सुरज ज्यु ठकुरी मनिष डाँगी लगायत खेलाडी भित्र्याएको थियो ।

तर लिगको पहिलो खेलमा संकटाले त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

सुनिल बल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय