+
+

मिटरब्याज पीडितले सरकारसँग वार्ता गर्ने, आन्दोलन नरोक्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १७:१०

१४ चैत, काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडितले तत्काल आन्दोलनका कार्यक्रम फिर्ता नलिने भएका छन् ।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पीडितलाई न्याय दिलाउन मिटर ब्याजमा लगाउनेलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने निर्णय गरेको थियो । तर, यसलाई आन्दोलनरत पीडितहरुले वार्ताको बातावरण भएको बताएका छन् ।

आन्दोलनको संयोजन गरिरहेको सन्तोष दाहालकाअनुसार अब सरकारी वार्ता टोलीसँग वार्ता गर्ने तयारी गरिएको छ । ‘सरकारले गरेको निर्णय हामीले भर्खरै सुन्यौं । हामी आन्दोलन रोक्दैनौं तर, वार्ता गछौं’ दाहालले भने । सरकारले बनाएको बार्ता टोलीसँग वार्ता गर्नका लागि समिति बनाउने गरी छलफल थालेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?