+
+
WC Series
कर्णाली याक्स 2025
129/9 (20)
VS
१ बलमा ५ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
125/6 (19.5)
Shares

दमनले द्वन्द्व बढाउँछ, कोशी प्रदेशको नाम संशोधन गरौं : राजेन्द्र राई

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १२:३३

१४ जेठ, विराटनगर। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने गरी प्रदेशको नाम संसोधन गर्नुपर्ने बताएका छन्।

आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आन्दोलनरत पक्षको माग सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

‘दमनले कहिले पनि आन्दोलन दबाउदैन, द्वन्द्व बढाउछ,’ उनले भने,’… विन विन सिचवेशनमा प्रदेशको नाम सशोधन गरौं।’

पहिचान पक्षधरको आन्दोलनलाई दमन गर्न नहुने उनले बताए । प्रदेशसभा  बैठकमा आन्दोलनरत पक्षको माग सम्बोधनका लागि आवाज उठाउने उनले बताए ।

आज प्रदेश सभाको बजेट अधिवेशन सुरु हुँदैछ । पहिचान पक्षधरले प्रदेशसभा केन्द्रीत आन्दोलन घोषणा गरेको छ । आन्दोलनका लागि आएका पहिचान पक्षधरका कार्यकर्तालाई प्रहरीले धरपकड गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रहरी नायव उपरीक्षक रञ्जन दाहालका अनुसार ३० जना भन्दाबढी प्रदर्शनकारी पक्राउ परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?