+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विद्युतीय सवारी किन्ने करदातालाई ललितपुरमा ५ प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १८:२२

६ असार, काठमाडौं। ललितपुर महानगरपालिकाले विद्युतीय सवारी साधन किन्ने करदातालाई ५ प्रतिशत छुटको घोषणा गरेको छ ।

महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘विद्युतीय सवारी साधन खरिद गरेको विल पेश गर्ने करदातालाई महानगरपालिकाले लिने करमा ५ प्रतिशत छुट दिइने’ घोषणा गरेका हुन् ।

वायु प्रदुषण नियन्त्रणका लागि निजी तथा सार्वजनिक यातायातका विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने भन्दै मेयर महर्जनले डिजेल र पेट्रोलयुक्त सवारी साधनहरुलाई प्रतिस्थापन गर्दै लैजाने बताए ।

यस्तै ललितपुर महनागरपालिको भवन निर्माणको स्वीकृति दिँदा नै निश्चित मापदण्ड बनाएर ‘एक घर, एक बोट’ को अवधारणा लागु गर्ने घोषणा गरेको छ।

चालिस माइक्रोनभन्दा कमका प्लाष्टिकका झोलाहरुको प्रयोगलाई निरुत्साहित बनाउने घोषणा गर्दै ललितपुरले विकल्पको रुपमा फाइबर/कागज/कपडाको झोला उत्पादनको व्यवस्था गर्ने बताए । वातावारण प्रहरी राख्ने घोषणा गरेको महानगरले हरियाली पार्क निर्माणलाई अभियानको रुपमा सञ्चालन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?