+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कांग्रेसलाई सुदृढ बनाउन प्रशिक्षण आवश्यक : प्रकाशमान सिंह 

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १३ गते ११:११

१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले पार्टीभित्र संगठनलाई चलायमान बनाउन प्रशिक्षणमा जोड दिनुपर्ने बताएका छन् ।

काठमाडौं महानगर सम्मेलनको आज उदघाटन गर्दै उनले पार्टी जीवनमा कार्यकर्ताले परिवर्तनको अनुभूति गर्ने गरी प्रशिक्षण लगायतका कार्यक्रम सन्चालन गर्नुपर्ने बताए । ‘प्रशिक्षण के को लागि त भन्दा पार्टी संगठनलाई सुदृढ गर्नका लागि, अझ राम्रो गर्नका लागि हो,’ उनले भने ।

हालैको केन्द्रीय समिति बैठकका निर्णय अनुसार जनतासँग प्रत्यक्ष जोड्ने खालको कार्यक्रमसहितको सर्कुलर छिट्टै जारी हुन लागेको जानकारी गराउँदै उनले सर्कुलरमा उल्लेख भएका नीति तथा कार्यक्रमलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन आह्वान समेत गरे ।

नयाँ ऊर्जाका साथ फिल्डमा खटिन उनले सबैलाई अपिल गरे ।

संगठन बलियो भएमात्र पार्टी बलियो हुने र आगामी चुनौती सामना गर्न सकिने भन्दै उनले त्यसतर्फ जिम्मेवारीमा रहेकाहरु सबै नेता-कार्यकर्ता गम्भीरताका साथ लाग्नुपर्ने बताए ।

स्थानीय सरकारका जनप्रतिनिधि र स्थानीय पार्टी कमिटीहरू बीच सहकार्य अझै प्रभावकारी देखिनु पर्नेमा उनले जोड दिए ।

क्रियाशील सदस्यताको महत्त्व केहो भन्ने कुरालाई ध्यान दिन जरुरी रहेको भन्दै उनले पार्टीलाई आवश्यकता पर्दा कहीँ नदेखिने तर पार्टी अधिवेशनमा कसैलाई जिताउन मात्रै देखिने गर्दा समस्या भएको बताए । यस्ता खालका क्रियाशील सदस्यहरुबाट पार्टीलाई र समाजलेाई लाभ नहुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?