+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
168/4 (19.5)
VS
चितवन राइनोज 2025
0/0
Shares

४६ जिल्लाबाट सुरु भयो लेखापरीक्षण

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १८:४३

१८ भदौ, काठमाडौं । महालेखा परीक्षकको कार्यालयबाट हुने वार्षिक लेखा परीक्षणको काम पहिलो चरणमा ४६ जिल्लाबाट सुरु भएको छ ।

कार्यालयका अनुसार पहिलो चरणमा भदौ र असोज महिनामा यस्तो लेखा परीक्षण गरिने भएको छ । त्यसका लागि ४६ जिल्लामा स्थलगत रुपमा टोली परिचालन भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार हिमाली, पहाडी र तराईका यी जिल्लाबाट लेखा परीक्षण आरम्भ गरिएको हो ।

कार्यालयले स्रोत साधनको प्राप्ति उपयोग तथा सो बाट प्राप्त उपलब्धिको परीक्षण मूल्यांकन गर्ने क्रममा लेखा परीक्षणलाई सघाउ पुग्ने गरी कुनै जानकारी, सूचना, विवरण, प्रमाण वा सिकायत भएमा उपलब्ध गराउन समेत आह्वान गरेको छ ।

लेखा परीक्षणको टोली वा इमेल र फोन नम्बरका माध्यमबाट यस्तो सूचना दिन सकिने भएको छ । महालेखाले आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षणको काम थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?