+
+

गाजा क्षेत्रका अस्पताल नजिक हवाई हमला

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ६ गते ११:००
इजरायल–प्यालेस्टाइन युद्धको क्रममा गाजा क्षेत्रमा भएको आक्रमण । फाइल फोटो

६ कात्तिक, काठमाडौं । इजरायल–प्यालेस्टाइन युद्धको क्रममा गाजा क्षेत्रका अस्पतालहरु नजिक फेरि पनि आक्रमण भएको छ । विष्फोटबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

तर प्यालेस्टिनी मिडियाहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाका साथै अल–कुद्स, र इन्डोनेसियन अस्पतालहरु नजिक विष्फोटका ठूला आवाज सुनिएको छ ।

प्यालेस्टिनी चरमपन्थी समूह हमासले अल–कुद्स अस्पताल नजिक इजरायलले हवाई हमला गरेको भन्दै एक भिडियो सार्वजनिक गरेको छ ।

आगोले जलेर ध्वस्त भएको अर्को एक भवन पनि हमासले सार्वजनिक गरेको छ । त्यो भवन कुवैती अस्पतालभन्दा पछाडिको हो भनिएको छ । यद्यपि ती भिडियोहरुको प्रमाणिकता जाँच गर्न नसकिएको बीबीसीले जनाएको छ । इजरायली सेनाले त्यो भिडियोबारे सोध्दा अनुसन्धान गरिरहेको जवाफ दिएको पनि बीबीसीले उल्लेख गरेको छ ।

यसअघि गाजा क्षेत्रको अल–अहली अल–अरबी बाप्टिस्ट अस्पतालमा रकेट आक्रमण हुँदा पाँच सय जनाको मृत्यु भएको थियो । यो आक्रमणको दोष इजरायली सेना र हमासले एकअर्कालाई लगाउँदै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?