+
+

अन्नपूर्ण आधार शिविर पुगेर पोखरा फर्किए गुटेरेस

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते ९:३२

१४ कात्तिक, पोखरा । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेर जलवायु परिवर्तनबारे भिडियो सन्देश रेकर्ड गराएका छन् ।

सोमबारको रात पोखराको फिस्टेल लजमा बिताएका उनी मंगलबार बिहानै नेपाली सेनाको हेलिकप्टरमा अन्नपूर्ण बेसक्याम्प पुगेर फर्किएका हुन् ।

सोमबार पोखरा आएका उनले फेवातालमा डुंगा सयर गरेका थिए भने पोखरा-२२ पुम्दीभुम्दीस्थित महादेवको विशाल मूर्ति दर्शन गरेका थिए ।

उनी पोखराबाट लुम्बिनी प्रस्थान गर्दैछन् । लुम्बिनी उड्नुअघि उनले पोखरा विमानस्थलमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?