+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गण्डकी प्रदेशले भूकम्प पीडितका लागि १ करोड दिने

औषधिसहित चिकित्सक शनिबार नै पुगे

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १०:३३

१९ कात्तिक, कास्की । गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनकालागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड सहयोग गर्ने निणर्य गरेको हो ।

‘भूकम्पले कर्णाली प्रदेशमा ठूलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले एक करोड दिने निर्णय गरेका हौँ’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने ।

शुक्रबार राति भूकम्प गएको र शनिबार बिहानै भूकम्प प्रभावितको उद्धार र उपचारका प्रदेश सरकारले औषधि सहित विषेशज्ञ चिकित्सकको टोली पठाएको मुख्यमन्त्री पाण्डेले बताए । ‘स्वास्थ्यकर्मी सहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर उपचार गराईरहनुभएको छ’ उनले भने ‘हामीले हाम्रो तर्फबाट सक्दो सहयोग गरिरहेका छौँ ।’

मन्त्रिपरिषद् बैठकले भूकम्पका कारणले मृत्यू हुने कर्णालीवासी नागरिक प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदन र घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

भूकम्प पीडितको उद्धार उपचारमा गण्डकी प्रदेश सरकारले औषधि सहित विषेशज्ञ चिकित्सकको टोली शनिवार नै कर्णाली प्रदेशको भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?