+
+

नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गरौं : बालेन शाह

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २८ गते १२:२८

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा नेपाल संवत ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिकाले पहिल्यैबाट नेपाल संवतको प्रयोग गरिरहेको र देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको धारणा राखेका हुन् ।

उनले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न सरकारले मुख्य भुमिका निर्वाह गर्नुपर्ने पनि बताए । उनले आगामी वर्षसम्म नेपाल संवत राष्ट्रिय रुपमा नै प्रयोग हुने विश्वास व्यक्त गरे ।

‘नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्नुहुन आग्रह छ । काठमाडौं महानगरपालिकाले त पहिलादेखि नै आफ्ना कागजातहरुमा समावेश गर्दै आएको छ । प्रधानमन्त्रीज्यू पनि यहाँ नै हुनुहुन्छ, राष्ट्रिय रुपमा मनाउन आग्रह छ । अर्कोपटक आउँदा राष्ट्रिय रुपमा नै प्रयोग हुनेछ भन्ने विश्वास छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?