+
+

फूलका गमलाले सजाइँदै काष्ठमण्डप

काठमाडौं महानगरपालिकाले बसन्तपुरमा रहेको काष्ठमण्डप क्षेत्रको सौन्दर्य बढाउन फूलका गमला राख्न सुरू गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १३:३४

१ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले बसन्तपुरमा रहेको काष्ठमण्डप क्षेत्रको सौन्दर्य बढाउन फूलका गमला राख्न सुरू गरेको छ ।

हनुमान ढोका दरबार संरक्षण कार्यक्रम अन्तर्गत वडा कार्यालय, शार्दुलजंग गुल्म, स्थानीयवासीहरुको सहभागितामा फलामे स्ट्यान्डमा फूलसहितका गमला राखेको हो ।

२९औं महानगर दिवसको अवसर पारेर सो क्षेत्रमा फूलको गमला राख्ने काम भएको महानगरले जनाएको छ ।

वडा नम्बर २० का अध्यक्ष राजेन्द्र मानन्धर भन्छन्, ‘सम्पदा क्षेत्रमा सवारी प्रवेश गरेपछि सामाजिक सांस्कृतिक कार्यक्रममा असर परिरहेको छ । यो असर रोक्ने अभिप्रायले काम थालिएको हो । स्ट्याण्ड राखिएका ठाउँबाट सवारी साधन भित्र प्रवेश नगरुन् भनेर एक अर्काे गमलालाई फलामे साङ्लाले जोड्ने काम भएको छ ।’

हनुमान ढोका दरबार संरक्षण कार्यक्रम अन्तर्गत दरबार परिसरमा १२ वटा फलामे स्ट्याण्डमा ४८ वटा फूलसहितका गमला राखिएका छन् ।

शार्दुलजंग गुल्मले यसको व्यवस्थापन गरेको महानगरले जनाएको छ । यसअघि बसन्तपुर जुद्धशालिक अगाडि कुमारी घरतर्फ र झोछेँ क्षेत्रमा करिब १२० वटा फूलसहितका गमला राखिएको मानन्धरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?