+
+

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १३:१३

२२ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

हिउँदे अधिवेशनको पहिलो बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो । प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

सभामुखको प्रेस सल्लाहकारमा शेखर अधिकारीका अनुसार प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक साढे १ बजे संसद भवन नयाँ वानेश्वरस्थित शंकर हलमा बस्नेछ ।

बैठकमा प्रतिनिधि सभाको क्यालेन्डर स्वीकृत गर्ने लगायतका विषयमा छलफल हुनेछ । सभामुख घिमिरेले सातामा तीन दिन सदनको बैठक र अर्को तीन दिन संसदीय समितिको बैठक बस्न मिने गरी क्यालेन्डर प्रस्ताव गरेका छन् ।

कार्यव्यवस्था परामर्श समितिमा सभामुख, कानुनमन्त्री र प्रतिनिधिसभामा रहेका सबै दलको प्रमुख सचेतक, सचेतक र दलले तोकेका प्रतिनिधिहरु सदस्य हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?