+

ललितले लिए व्यक्तिगत दोस्रो विकेट, नेदल्याण्ड्सलाई चौथो झट्का

२०८० फागुन  ५ गते १०:५८ २०८० फागुन ५ गते १०:५८
ललितले लिए व्यक्तिगत दोस्रो विकेट, नेदल्याण्ड्सलाई चौथो झट्का

५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले चौथो विकेट लिएको छ ।

ललित राजवंशीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा बास डि लिडेलाई बोल्ड गरेका हुन् । लिडे १९.२ ओभरमा व्यक्तिगत २७ रनमा आउट भए । उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर ६७ रन छ ।

यसअघि ललितले नै स्याब्रान्ड एंगेलब्रेक्टलाई अनिल साहको हातबाट क्याच गराएका थिए ।

यसअघि पहिलो पावरप्ले अर्थात १० ओभरभित्रै नेपालले नेदरल्याण्ड्सले २ विकेट लिएको थियो ।

खेलको तेस्रो बलमा नै सोमपाल कामीले नेदरल्याण्ड्सका माइकल लेभिटलाई देव खनालको हातबाट क्याच आउट गराएका थिए । नेदरल्याण्ड्सका अर्का ओपनर म्याक्स ओडाउड भने रन आउट भए ।

खेलको लाइभ अपडेटका लागि यहाँ क्लिक गर्नुहोस् ।

नेपाल भर्सेस नेदरल्याण्ड्स ललित राजवंशी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय