+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘गोर्खा वारिअर’को काठमाडौं प्रिमियरमा नेता, राजदूत र सेलिब्रेटी (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १३:११

काठमाडौं । मिलन चाम्स निर्देशित वार-ड्रामा फिल्म ‘गोर्खा वारिअर’लाई काठमाडौंमा प्रिमियर गरिएको छ । बिग मुभिजमा बुधबार बेलुका आयोजित समारोहमा नेतादेखि सेलिब्रेटीको उपस्थिति खचाखच रह्यो ।

फिल्म हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद ज्ञानेन्द्र शाही, पूर्वमुख्यमन्त्री एवं एमाले नेता शेरधन राई, बेलायती राजदूत रब फेन लगायतको उपस्थिति थियो ।

कास्ट एण्ड क्रिउसहित सेलिब्रेटी पनि सो अवसरमा उपस्थित थिए । रेडकार्पेटसहित भव्य तामझाम गरिएको यो फिल्मलाई यसअघि पोखरा र धरानमा प्रिमियर गरिएको छ ।

फिल्म हेरिसकेपछि मिडिया कुराकानीमा एमाले अध्यक्ष ओलीले नेपाली विषयवस्तु समेटिएको भन्दै निर्मातालाई बधाई दिए । उनले यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पनि प्रदर्शन गर्न सबैले सघाउनुपर्ने धारणा राखे ।

‘यो चलचित्रले नेपाली कथा र विषयलाई समेटेको छ । चलचित्र भवनमा रहँदा मैले हाम्रो कथालाई पर्दामा हेर्न पाउँदा खुसी महसुस गरें । यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न हामी सबैले सहयोग गर्नुपर्छ,’ उनले भने । फिल्मले इतिहासको नेपाली बहादुरीको कथालाई दर्शाएको उनले बताए ।

मन्त्री किरातीले फिल्म हेरिरहँदा आफ्नो आँखा रसाएको बताए । ‘फिल्म हेर्दा मैले कथासँग जोडिएको पाएँ । यो फिल्मलाई हरेक नेपालीले हेर्नुपर्छ । हाम्रो पुर्खाले लडेको युद्धसँगै वीर भनेर पाउने सम्मानका बारेमा हामी अवगत हुनेछौं,’ उनले भने ।

फिल्ममा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई लगायतको शीर्ष भूमिका छ । यो फिल्मले सन् १९४९ मा मलाया युद्धमा ब्रिटिस गोर्खाले लडेको लडाइँको कथा भन्छ । यो फिल्म शुक्रबारदेखि प्रदर्शन हुँदैछ ।

तस्वीरहरु : सुरेन्द्र थापा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?