+
+

घरबारविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराइनेछः अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते १४:५८

७ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले घरबारविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराइने बताएका छन् ।

राष्ट्रिय सभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता र सिद्धान्तमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री पुनले सामाजिक संरक्षणका कार्यक्रमलाई बजेटमा समावेश गरिने बताएका हुन् ।

‘आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने सामाजिक संरक्षणका कार्यक्रमलाई निरन्तरता दिंदै स्वदेश तथा विदेशमा ज्याला, रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई समेट्ने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अगाडि बढाइनेछ’ अर्थमन्त्री पुनले भने ।

मंगलबारमात्रै सत्ता साझेदार पाँच दलले नीतिगत व्यवस्था र साझा संकल्प सार्वजनिक गरेको उल्लेख गर्दै अर्थमन्त्री पुनले त्यस आधारमा बजेट आउने पनि बताएका छन् । शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिइने उनको प्रतिबद्धता छ ।

प्रि–बजेट छलफलमा सांसदहरूले दिएका सुझाव समेतलाई आगामी आर्थिक वर्षको बजेटमा समेट्ने अर्थमन्त्री पुनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?