+

डिम्याट खाता

२१ च्याप्टर
Chapter - 5

डिम्याट खाता र ट्रेडिङ खाताबीच के भिन्नता छ ?

२०८० चैत  १३ गते १२:३३ २०८० चैत १३ गते १२:३३

नाम अनुसार नै यो दुई खातामा धेरै भिन्नता छ । डिम्याट खाता आफूसँग रहेका धितोपत्रहरूलाई विद्युतीय माध्यममा जम्मा गरी राख्न खोलिएको खाता हो । यस्ता खातामा आफूसँग भएका विभिन्न धितोपत्रहरू सम्पत्तिको रूपमा रहेको हुन्छ भने ट्रेडिङ खाता भने सो डिम्याटभित्र रहेको धितोपत्रहरूको बिक्री गर्न वा थप खरिद गर्न प्रयोग हुने खाता हो ।

डिम्याट खाता निक्षेप सदस्य अन्तर्गत रहेर खोलिएको खाता हो भने कारोबार खाता अर्थात् ट्रेडिङ खाता भने धितोपत्र ब्रोकर अन्तर्गत रहेर खोलिने खाता हो । यी दुवै खाता खोल्दा प्रयोग हुने फारमको ढाँचा र विवरणहरू उस्तै रहने भएकाले हिजोआज निक्षेप सदस्यता लिएका धितोपत्र ब्रोकरहरूले एउटै फारमबाट समेत डिम्याट खाता र कारोबार खाता खोल्ने गरेको पाइन्छ । तर खाताको प्रकार र प्रयोगका दृष्टिकोणबाट यी दुवै खाता एकअर्काका परिपूरक भएता पनि यिनीहरू सञ्चालन हुने पद्दति र प्रयोगका हिसाबले भिन्न भिन्नै हुन्छन् ।

१.उद्देश्य :
डिम्याट खाताः डिम्याट खाता मुख्यतया विद्युतीय रूपमा धितोहरू राख्न र भण्डारण गर्न प्रयोग गरिन्छ । यसले भौतिक शेयर प्रमाणपत्रहरूको आवश्यकतालाई हटाउँछ र यसको सट्टा तपाइँको लगानीलाई डिजिटल रूपमा राख्छ ।

ट्रेडिङ्ग खाताः ट्रेडिङ खातालाई ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस) एकाउन्ट पनि भनिन्छ । यसलाई स्टक एक्सचेन्जमा धितोपत्रहरू खरिद–बिक्री गर्न प्रयोग गरिन्छ । यसले तपाई र स्टक एक्सचेन्जलाई जोड्ने काम गर्दछ । स्टक एक्सचेन्जको सिस्टममा धितोपत्र खरिद वा बिक्री अर्डर राख्नको लागि तपाईले ट्रेडिङ खाता प्रयोग गर्नुपर्छ । ट्रेडिङ खाताबाट खरिद गरिएको शेयर डिम्याट खातामा आएर बस्दछ भने बिक्री गरिएको शेयर डिम्याट खाताबाट घटेर जान्छ ।

२. खाताको प्रकृतिः
डिम्याट खाताः यसले तपाईको धितोपत्रहरू विद्युतीय वा अभौतिक रूपमा राख्छ । जब तपाई धितोपत्र खरिद गर्नुहुन्छ, धितोपत्र तपाइँको डिम्याट खातामा जम्मा हुन्छ, बेच्नुहुन्छ भने खाताबाट घटाइन्छ । खरिद भएको धितोपत्र भण्डारण गर्ने खातालाई डिम्याट खाता भनिन्छ ।

ट्रेडिङ्ग खाताः यसले धितोपत्रहरूको खरिद र बिक्रीलाई सहज बनाउँछ । तपाई धितोपत्र खरिद वा बिक्रीका लागि अर्डर राख्नुहुन्छ । त्यो अर्डर ट्रेडिङ्ग खाताले स्टक एक्सचेन्जको प्रणालीमा पुर्‍याउँछ । यसलाई धितोपत्र खरिद–बिक्रीका लागि मोलतोल (बार्गेनिङ) गर्ने खाता भनेर बुझ्न सकिन्छ । नेपालको पूँजी बजारमा शेयर कारोबार गर्दा वा कारोबार खाता खोल्दा डिम्याट खाता अनिवार्य रूपमा चाहिन्छ ।

३. अनिवार्य वा पूरक :
डिम्याट खाताः लगानीकर्तासँग विद्युतीय रूपमा धितोपत्र कारोबार गर्न वा राख्नका लागि डिम्याट खाता अनिवार्य हुनुपर्छ । तपाइँले डिम्याट खाता विना विद्युतीय रूपमा शेयरहरू प्राथमिक वा दोस्रो बजारबाट खरिद गर्न सक्नुहुने छैन ।

ट्रेडिङ्ग खाता : ट्रेडिङ्ग खाता खोल्दा डिम्याट खाता अनिवार्य रूपमा उल्लेख गरिनुपर्दछ । डिम्याट खाता ट्रेडिङ्ग खातामा नजोडिई ट्रेडिङ्ग खाताबाट शेयर बिक्री हुनसक्दैन । तसर्थ ट्रेडिङ्ग खाता डिम्याट खाताको पूरक हो । धितोपत्रहरू खरिद पछि राख्नको लागि डिम्याट खाता चाहिन्छ । खरिद र बिक्री आदेश कार्यान्वयनका लागि ट्रेडिङ्ग खाता अनिवार्य हुन्छ । ट्रेडिङ्ग खातालाई दुई प्रकारले सञ्चालन गर्न सकिन्छ ।

क) अनलाइनः आफैंले ब्रोकरबाट ट्रेडिङ्ग खाता अनलाइनबाट सञ्चालनका लागि युजरनेम र पासवर्ड लिएर स्वयंले इन्टरनेट मार्फत स्टक एक्सचेन्जको सिस्टममा खरिद बिक्रीको अर्डर राख्न सकिन्छ ।

ख) अफलाइनः आफैंले अनलाइनबाट कारोबार नगरी धितोपत्र खरिद–बिक्रीका लागि ब्रोकरको माध्यमबाट खाता सञ्चालन गरिन्छ भने त्यसलाई अफलाइन विधिबाट सञ्चालन गरिएको भनिन्छ ।

छोटकरीमा, डिम्याट खाता विद्युतीय रूपमा धितोपत्र राख्नको लागि हो, ट्रेडिङ्ग खाता शेयर बजारमा धितोपत्र खरिद–बिक्रीको लागि हो । दुवै खाताहरू शेयर बजारमा कारोबार वा लगानी गर्न खोज्ने लगानीकर्ताहरूका लागि आवश्यक छ । दुवै खाताले शेयर बजारमा सहज र सुरक्षित लेनदेन सुनिश्चित गर्छन् ।

धेरै पढिएका

डिम्याट खाता

डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?  

डिम्याट खाता खोल्नुको मुख्य उद्देश्य खरिद गरिएका वा आफूसँग भएका कागजी धितोपत्र विद्युतीय रूपमा राख्नु हो । डिम्याट खाता खोल्न...

डिम्याट खाता

डिम्याट खाता भनेको के हो ?

डिम्याट खाता भनेको शेयर कारोबार गर्ने लगानीकर्ताहरूले आफूले विभिन्न तरिकाबाट खरिद गरेको शेयरलाई विद्युतीय माध्यमबाट जम्मा गरी राख्नलाई प्रयोग हुने...

डिम्याट खाता

निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?

सीडीएससीले डिम्याट सेवाहरू यिनै निक्षेप सदस्यहरू मार्फत प्रदान गर्दछ । लगानीकर्ता डीपी मार्फत सीडीएससीमा जोडिएका हुन्छन् । लगानीकर्ताले दिएका सबै...

डिम्याट खाता

डिम्याट खाता कति प्रकारका हुन्छन् ? 

डिम्याट खातालाई नेपालमा ५ किसिमबाट वर्गीकरण गरिएको छ । ती हुन् - व्यक्तिगत, संयुक्त, नाबालक (माइनर), संस्थागत र एनआरएन डिम्याट...

डिम्याट खाता

अनलाइन डिम्याट खाता कसरी खोल्ने ?

सीडीएससीमा आवद्धमध्ये केही डीपीले डिम्याट खाता अनलाइन खोल्न सकिने सुविधा दिएका छन् । त्यहाँ निम्नानुसार डिम्याट खाता खोल्न सकिन्छ ।...

डिम्याट खाता

एउटा डिम्याटबाट अर्कोमा कसरी सेयर ट्रान्सफर गर्ने ?

एउटा लगानीकर्ताले एउटा वा एउटा भन्दा धेरै डिम्याट खातामा आफूसँग भएका धितोपत्रहरू राख्न सक्छ । यस क्रममा एउटा डिम्याट खाताबाट...

0 %

पढिसक्नुभयो !