+

डिम्याट खाता

२१ च्याप्टर
Chapter - 11

नाबालक डिम्याट खाता भनेको के हो ?

२०८० चैत  १३ गते १३:५८ २०८० चैत १३ गते १३:५८

१८ वर्षभन्दा कम उमेरका सबैलाई नाबालिग भनिन्छ । यस्ता नाबालिगको तर्फबाट आमा–बुवा वा कानुनी अभिभावकले खोलिदिने डिम्याट खातालाई नाबालक (माइनर) डिम्याट खाता भनिन्छ । यस प्रकारको खातामा राखिएको धितोपत्रहरूको लाभग्राही नाबालिग हुने भए पनि नाबालिगहरू कानुनी रूपमा सम्झौता गर्न सक्षम नहुने भएकोले उनीहरूका आमाबुवा वा अभिभावकहरूले नाबालिगको उमेर नपुग्दासम्म सञ्चालन गर्छन् ।

१. हितग्राहीः नाबालिग डिम्याट खातामा धितोपत्रहरूको लाभग्राही मालिक नाबालिग नै हुन्छ । कानुनी रूपमा नाबालिग १८ वर्ष नपुग्दासम्म आफैं खाता सञ्चालन गर्न सक्दैन।

२. संरक्षकको भूमिकाः बाबुआमा वा कानुनी अभिभावकलाई नाबालकको डिम्याट खाताको संरक्षकको रूपमा नियुक्त गरिन्छ । नाबालिगको उमेर नपुगेसम्म खातामा भएको लगानी र लेनदेनहरूको व्यवस्थापन अभिभावकले गर्छन् ।

३.कागजातः माइनर डिम्याट खाता खोल्नको लागि अभिभावक वा संरक्षकले आवश्यक कागजातहरू उपलब्ध गराउनुपर्छ । नाबालिगको पासपोर्ट आकारको फोटो, जन्मदर्ता प्रमाणपत्र, नाबालिगको बैंक खाता, संरक्षकको नेपाली नागरिकता तथा फोटो नाबालिगको डिम्याट खाता खोल्न अनिवार्य आवश्यक पर्ने कागजात हुन् । यदि संरक्षक आमाबुबा नभएमा यस्तो खाता खोल्दा नाता खुल्ने थप कागजात पेश गर्नुपर्दछ ।

४.खाता व्यवस्थापनः खातामा रहेका धितोपत्रहरू किन्ने, बेच्ने र व्यवस्थापन गर्ने अधिकार अभिभावकसँग हुन्छ । तिनीहरूले नाबालिगको तर्फबाट लगानी निर्णय गर्न सक्छन्।

५.हितग्राही रूपान्तरणः जब नाबालिग बालिग हुन्छ अर्थात् १८ वर्ष नाघ्दछ तब माइनर डिम्याट खाता नियमित डिम्याट खातामा रूपान्तरण हुन्छ । यसरी रूपान्तरण गर्नको लागि नाबलिगले बालिग भएपछि आफ्नो नागरिकताको प्रमाणपत्र तथा हालसालै खिचेको पासपोर्ट आकारको फोटो लिएर आफ्नो अभिभावकसँगै डीपीसमक्ष उपस्थित हुनुपर्दछ । यसरी उपस्थिति भएपछि डीपीले नयाँ केवाईसी फारम भराएर सबै विवरण रुजु गरी माइनर डिम्याट खातालाई नियमित डिम्याट खातामा रूपान्तरण गर्दछ ।

यसरी उपस्थिति नभएको खण्डमा १८ वर्ष काटेपछि माइनर डिम्याट खाता अटोमेटिक रूपमा फ्रिजको स्टाटसमा पुग्दछ । अर्थात् यस्तो डिम्याट खाताबाट प्राथमिक शेयरमा आवेदन दिने तथा दोस्रो बजारबाट शेयर खरिद वा बिक्री गर्ने वा यस्तो डिम्याट खातामा शेयर थपघट गर्ने कुनै पनि कार्य गर्न सकिंदैन । तसर्थ नाबालिगको रूपमा खोलिएको खातामा खातावाल १८ वर्ष कट्नासाथ यसलाई नियमित डिम्याट खातामा रूपान्तरण गर्नुपर्ने हुन्छ ।

माइनर डिम्याट खाता कसरी खोल्ने, सञ्चालन गर्ने र त्यस्ता खाताहरूसँग सम्बन्धित कुनै पनि कर वा कानुनी प्रावधान बुझ्नको लागि डीपीसँग परामर्श गर्न सकिन्छ ।

धेरै पढिएका

डिम्याट खाता

डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?  

डिम्याट खाता खोल्नुको मुख्य उद्देश्य खरिद गरिएका वा आफूसँग भएका कागजी धितोपत्र विद्युतीय रूपमा राख्नु हो । डिम्याट खाता खोल्न...

डिम्याट खाता

डिम्याट खाता भनेको के हो ?

डिम्याट खाता भनेको शेयर कारोबार गर्ने लगानीकर्ताहरूले आफूले विभिन्न तरिकाबाट खरिद गरेको शेयरलाई विद्युतीय माध्यमबाट जम्मा गरी राख्नलाई प्रयोग हुने...

डिम्याट खाता

निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?

सीडीएससीले डिम्याट सेवाहरू यिनै निक्षेप सदस्यहरू मार्फत प्रदान गर्दछ । लगानीकर्ता डीपी मार्फत सीडीएससीमा जोडिएका हुन्छन् । लगानीकर्ताले दिएका सबै...

डिम्याट खाता

डिम्याट खाता कति प्रकारका हुन्छन् ? 

डिम्याट खातालाई नेपालमा ५ किसिमबाट वर्गीकरण गरिएको छ । ती हुन् - व्यक्तिगत, संयुक्त, नाबालक (माइनर), संस्थागत र एनआरएन डिम्याट...

डिम्याट खाता

अनलाइन डिम्याट खाता कसरी खोल्ने ?

सीडीएससीमा आवद्धमध्ये केही डीपीले डिम्याट खाता अनलाइन खोल्न सकिने सुविधा दिएका छन् । त्यहाँ निम्नानुसार डिम्याट खाता खोल्न सकिन्छ ।...

डिम्याट खाता

एउटा डिम्याटबाट अर्कोमा कसरी सेयर ट्रान्सफर गर्ने ?

एउटा लगानीकर्ताले एउटा वा एउटा भन्दा धेरै डिम्याट खातामा आफूसँग भएका धितोपत्रहरू राख्न सक्छ । यस क्रममा एउटा डिम्याट खाताबाट...

0 %

पढिसक्नुभयो !