+

डिम्याट खाता

२१ च्याप्टर
Chapter - 17

बीओआईडी भनेको के हो ? 

२०८० चैत  १३ गते १७:२४ २०८० चैत १३ गते १७:२४
बीओआईडी (BOID) भनेको हितग्राही/लाभग्राही वा धितोपत्र धनीलाई चिनाउने संकेत नम्बर हो । डिजिटल सिस्टममा चलेको शेयर बजारमा लगानीकर्तालाई चिन्न एक प्रकारको कोड चाहिन्छ ।
तपाईको १६ अंकको डिम्याट खाता नै बीओआईडी (लाभग्राही पहिचान नम्बर) हो । डिम्याट खाता खोल्ने ग्राहकलाई खाताको सबै जानकारी र बीओआईडी सहितको इमेल पठाइन्छ । बीओआईडीको अघिल्लो ८ अंकले डीपीलाई चिनाउँछ भने पछिल्लो ८ अंकले ग्राहक (हितग्राही) लाई चिनिन्छ ।
उदाहरणका लागि, DP ID 13-013700 छ र  Client ID 01504686  हो भने यसबाट BOID 1301370001504686 हुनेछ । यसमा अगाडिको 130 ले डिम्याटको केन्द्रीय निक्षेप निकाय अर्थात् सीडीएससीलाई प्रतिनिधित्व गर्छ । त्यसपछिको ५ अंकको कोड १३७०० ले डीपीलाई चिनाउँदछ भने बाँकी ८ डिजिटको अंकले कुन ग्राहकको डिम्याट खाता हो भनेर चिनाउँदछ ।
डिम्याट खाता कसरी खोल्ने ? यो लिंकमा क्लिक गर्नुहोस् ।

DPID कसरी पत्ता लगाउने ?
डिम्याट खाता खोल्ने सम्पूर्ण निक्षेप सदस्यहरूको आफ्नो–आफ्नो DPID रहेको हुन्छ । CDSC को वेबसाइटमा रहेको ‘मेरो शेयर’मा Depository Participants  (डिपोजिटरी पार्टिसिपेन्ट) मा आउने लिष्ट हेरेर कम्पनीको नामपछिको ५ डिजिटको अंकबाट DPID पत्ता लगाउन सकिन्छ ।

BOID कसरी पत्ता लगाउने ?
सबै लगानीकर्ताहरूलाई आफ्नो BOID थाहा हुनुपर्दछ । यदि कुनै कारणबाट आफ्नो डीपी आईडी याद नभएको खण्डमा आफ्नो डीपीमा फोन गरेर BOID थाहा पाउन सकिन्छ । यसबाहेक यदि तपाईलाई आफ्नो मेरो शेयर लगइन थाहा छ भने तपाईले मेरो शेयरमा लगइन गरेर पनि BOID थाहा पाउन सक्नुहुनेछ ।

१. ‘मेरो शेयर’ लगइन गर्नुहोस् ।

२. लगइन भइसकेपछि मेनु बारको माई डिटेल्समा थिच्नुहोस् । त्यहाँ तपाईको बीओआईडी देखिन्छ ।

धेरै पढिएका

डिम्याट खाता

डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?  

डिम्याट खाता खोल्नुको मुख्य उद्देश्य खरिद गरिएका वा आफूसँग भएका कागजी धितोपत्र विद्युतीय रूपमा राख्नु हो । डिम्याट खाता खोल्न...

डिम्याट खाता

डिम्याट खाता भनेको के हो ?

डिम्याट खाता भनेको शेयर कारोबार गर्ने लगानीकर्ताहरूले आफूले विभिन्न तरिकाबाट खरिद गरेको शेयरलाई विद्युतीय माध्यमबाट जम्मा गरी राख्नलाई प्रयोग हुने...

डिम्याट खाता

निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?

सीडीएससीले डिम्याट सेवाहरू यिनै निक्षेप सदस्यहरू मार्फत प्रदान गर्दछ । लगानीकर्ता डीपी मार्फत सीडीएससीमा जोडिएका हुन्छन् । लगानीकर्ताले दिएका सबै...

डिम्याट खाता

डिम्याट खाता कति प्रकारका हुन्छन् ? 

डिम्याट खातालाई नेपालमा ५ किसिमबाट वर्गीकरण गरिएको छ । ती हुन् - व्यक्तिगत, संयुक्त, नाबालक (माइनर), संस्थागत र एनआरएन डिम्याट...

डिम्याट खाता

अनलाइन डिम्याट खाता कसरी खोल्ने ?

सीडीएससीमा आवद्धमध्ये केही डीपीले डिम्याट खाता अनलाइन खोल्न सकिने सुविधा दिएका छन् । त्यहाँ निम्नानुसार डिम्याट खाता खोल्न सकिन्छ ।...

डिम्याट खाता

एउटा डिम्याटबाट अर्कोमा कसरी सेयर ट्रान्सफर गर्ने ?

एउटा लगानीकर्ताले एउटा वा एउटा भन्दा धेरै डिम्याट खातामा आफूसँग भएका धितोपत्रहरू राख्न सक्छ । यस क्रममा एउटा डिम्याट खाताबाट...

0 %

पढिसक्नुभयो !