+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares
ग्लोबल मनी विक :

कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १७:१४

काठमाडौं । ग्लोबल मनी विक–२०२४ को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

अर्गानाइजेसन अफ इकानोमिक कर्पोरेसन एन्ड डेभलपमेन्टको संयोजनमा हरेक वर्ष मार्च महिनामा सप्ताह मनाउने गरिन्छ । यो वर्षको अभियान १८ मार्चमा सुरु भएर २४ मार्चमा सम्पन्न भएको छ ।

ग्लोबल मनी विकको अवसरमा विद्यार्थी, युवा तथा विभिन्न संघ/संस्थामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान तथा सिप विकास गराउने उद्देश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका साथै प्रभातफेरि लगायतका कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

विभिन्न जिल्लाका स्थानीय तहमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रममा स–साना रुपमा छरिएर रहेका रकमलाई एकत्रित गरी पूँजी निर्माण गर्न सकिने, बचतको विकासले गर्दा दैनिक जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल कारोबारका अवसर र चुनौतीका विषयमा छलफल भएको बैंकको भनाइ छ ।

बुटवल क्षेत्रमा आयोजना गरिएको डिजिटल वित्तीय साक्षरता कार्यक्रममा अनलाइन ठगी र डिजिटल बैंकिङ चुनौतीका बारेमा प्रस्तुतीकरण गरिएको बैंकले जनाएको छ ।

ग्लोबल मनी विकको अवसरमा सामाजिक सञ्जाल मार्फत सुरक्षित भविष्यका लागि बजेट, बचतको महत्व, कर्जाको सदुपयोग र समयमा भुक्तानी, अज्ञात लिङ्कमा क्लिक नगरी सचेत रहन तथा ओटीपी/पिन गोप्य राख्ने सामग्रीहरू प्रस्तुत गरिएको बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?