सूचीकरण र खारेजीको नालीबेली

आईपीओ जारी गरेका कम्पनी मात्रै धितोपत्रको दोस्रो बजार (स्टक एक्सचेन्ज) मा सूचीकृत हुनसक्छन् । यसरी सूचीकरण गर्ने सम्बन्धमा सबै प्रक्रियाहरू धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जबाट नियमन गरिएको हुन्छ ।
धितोपत्रको दोस्रो बजारमा सूचीकृत हुन चाहने कम्पनीले सर्वप्रथम धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ बमोजिम आईपीओको निष्काशन गरेको हुनुपर्छ । यसरी आईपीओको निष्काशन भएपश्चात् नेपाल स्टक एक्सचेन्ज लिमिटेड अन्तर्गत रहेको धितोपत्र सूचीकरण विनियमावलीमा तोकिएको विधिहरू पूरा गरी सूचीकरण गर्न सकिन्छ ।
- कम्पनी सम्बन्धी प्रचलित कानून बमोजिम संस्थापित संगठित संस्था भए सो संगठित संस्थाको अद्यावधिक प्रबन्धपत्र र नियमावली,
- विशेष ऐनद्वारा संस्थापित संगठित संस्था भए सो संगठित संस्था सञ्चालन सम्बन्धी नियम वा विनियम,
- संगठित संस्थाको सञ्चालक समितिबाट धितोपत्र दर्ता गराउने सम्बन्धमा भएको निर्णयको प्रतिलिपि,
- संगठित संस्थाको सञ्चालक समितिले धितोपत्र दर्ता गराउने सम्बन्धमा दिएको अख्तियारी,
- संगठित संस्थाको पछिल्लो आर्थिक वर्षको लेखा परीक्षण भएको वित्तीय विवरण,
व्यवसाय सञ्चालनको अनुमतिको अवधि १० वर्षभन्दा कम भएमा त्यस्तो संगठित संस्थालाई धितोपत्र बोर्डले सार्वजनिक निष्काशनको अनुमति दिंदैन ।
धितोपत्र दर्ता दस्तुर
- शेयर (निष्काशन रकम) – ०.२० प्रतिशत
- डिबेन्चर वा बन्ड – १० अर्बसम्म ०.१५ प्रतिशत, १० अर्बदेखि माथि २० अर्बसम्म ०.१२ प्रतिशत, २० अर्बदेखि माथि ०.१० प्रतिशत
- सामूहिक बचत योजना अन्तर्गतको एकाइ – ०.१० प्रतिशत
- अन्य धितोपत्र – ०.१० प्रतिशत
धितोपत्र दर्ता गर्दाको कुल धितोपत्रको रकम र निष्काशन गर्दा कुल निष्काशित धितोपत्रको रकम फरक पर्ने अवस्था भएमा यसरी फरक परेमा थप शुल्क बुझाउनुपर्छ ।
यसरी धितोपत्र बोर्डबाट अनुमति पाएपछि निष्काशन भएका धितोपत्र लगानीकर्तामा बाँडफाँट हुन्छ । बाँडफाँट भएपछि स्टक एक्सचेन्जमा सूचीकरण गर्नुपर्छ ।
हाल नेपाल स्टक एक्सचेन्जले धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार सूचीकरण सम्बन्धी काम गर्दै आएको छ । यो विनियमावलीमा कस्तो धितोपत्र सूचीकरण हुनसक्छ, कम्पनीले कसरी निवेदन दिनुपर्छ, कस्ता कस्ता कागजात संलग्न गर्नुपर्छ, कति शुल्क लाग्छ भन्ने लगायत विषय छन् । यो विनियमावलीमा भएको अर्को महत्वपूर्ण विषय भनेको कम्पनीले शेयरको मूल्यमा प्रभाव पार्ने जानकारी तुरुन्त स्टक एक्सचेन्ज मार्फत सबैलाई दिनुपर्छ भन्ने हो ।
कम्पनीले गर्ने निर्णयहरूबाट शेयरको मूल्य बढ्न वा घट्न सक्छ । त्यसैले त्यस्तो निर्णयको सूचना सबैलाई एकैचोटि दिनुपर्छ भन्ने विनियमावलीको आशय हो । यस्ता निर्णयहरू खासगरी लाभांश घोषणा, सञ्चालक तथा प्रमुख कार्यकारीको हेरफेर, ठूलो सम्पत्ति खरिद वा बिक्री, मुद्दा मामिलासँग जोडिएका हुन्छन् । यस्ता निर्णयले कम्पनीको पूँजी, आम्दानी तथा खर्चमा असर गर्छ ।
कम्पनी डी–लिस्टिङ (सूचीकरण खारेजी) एक दुर्लभ घटना हो । डी–लिस्टिङ भएपछि स्टक एक्सचेन्जमा कम्पनीको शेयर कारोबार हुँदैन ।
डी–लिस्टिङका सामान्य कारण :
१. कम्पनीको साधारणसभाले कम्पनीलाई पब्लिकबाट प्राइभेट बनाउने निर्णय गर्यो भने स्टक एक्सचेन्जबाट डी–लिस्ट हुनसक्छ । व्यवस्थापन नियन्त्रणमा लिने उद्देश्यले ठूला शेयरधनीले कम्पनीलाई प्राइभेट बनाउन सक्छन् ।
२. आर्थिक संकटमा फसेको कम्पनी डी–लिस्टेड हुने जोखिममा हुन्छ ।
३. स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीले नियामक निकायका प्रावधान पूरा गर्नुपर्छ । यसो गर्न नसकेमा तिनीहरूले डी–लिस्टिङ हुन्छ ।
४. मर्जर वा एक्विजिसनका कारण गाभिने कम्पनीको सूचीकरण खारेज हुन्छ ।
५. कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकी टाटपल्टिए सूचीकरण खारेज हुन्छ ।
कम्पनीहरूले सामान्यतया स्टक एक्सचेन्जका नियम परिपालना गर्नुपर्छ । यस्ता नियमहरू लगानीकर्ताको हित रक्षाका लागि बनाइएका हुन्छन् । आईपीओबाट गुज्रिएको कम्पनीले नियम पालना नगरे अन्ततः डी–लिस्टिङमा जान्छन् ।
धेरै पढिएका
सूचीकरण र खारेजीको नालीबेली
आईपीओ जारी गरेका कम्पनी मात्रै धितोपत्रको दोस्रो बजार (स्टक एक्सचेन्ज) मा सूचीकृत हुनसक्छन् । यसरी सूचीकरण गर्ने सम्बन्धमा सबै प्रक्रियाहरू...
आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?
कम्पनी वा संगठित संस्थाले आफ्नो कम्पनी वा संगठित संस्थाको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई उनीहरूले चाहेको बखतमा आफ्नो शेयर बिक्री...
विवरणपत्र भनेको के हो ? कसरी पढ्ने ? के कुरा ख्याल गर्ने ?
प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सार्वजनिक गर्नुअघि कम्पनीले धितोपत्र बोर्डमा बुझाउनुपर्ने महत्वपूर्ण दस्तावेज विवरणपत्र हो ।
फेस भ्यालु भनेको के हो ?
शेयर वा अरू धितोपत्रको प्रति एकाई मूल्यलाई अंकित मूल्य (Face Value) भनिन्छ । यो मूल्य प्रचलित कानून अनुसार निष्काशनकर्ता कम्पनीले...
बुक बिल्डिङ आईपीओ भनेको के हो ? कसरी हुन्छ मूल्य तय ?
बुक बिल्डिङ विधिबाट शेयर निष्काशन गरिने विधि नेपालमा नौलो हो । यद्यपि अन्तर्राष्ट्रिय प्रचलनमा यो विधिबाटै सबैभन्दा धेरै प्रारम्भिक सार्वजनिक...
आईपीओ र एफपीओमा अन्तर
आईपीओ र एफपीओ दुवै कम्पनीका लागि शेयर जारी गरेर पूँजी जुटाउने विधि हुन् ।
0 %
पढिसक्नुभयो !
सबै च्याप्टर
- आईपीओ भनेको के हो ? कसरी काम गर्छ ? कति प्रकारका हुन्छन् ?
- कम्पनीहरू किन पब्लिकमा जान्छन्, लगानीकर्तालाई के फाइदा ?
- आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?
- आईपीओमा कसरी आवेदन गर्ने ?
- आईपीओ सब्स्क्रिप्सन के हो ? यसले के संकेत गर्छ ?
- आईपीओ बाँडफाँट के हो ? कसरी चेक गर्ने आईपीओको नतिजा ?
- आईपीओमा लगानी किन गर्ने ?
- आईपीओ र एफपीओमा अन्तर
- विवरणपत्र भनेको के हो ? कसरी पढ्ने ? के कुरा ख्याल गर्ने ?
- आईपीओका महत्वपूर्ण शब्दावली र अर्थ
- कम्पनीमा प्रि–आईपीओ लगानी सम्भव छ ?
- आईपीओमा आवेदन गर्नु अगाडि ध्यान दिनुपर्ने १० कुरा
- आईपीओ लिस्टिङ भनेको के हो ? लिस्ट भएपछि के हुन्छ ?
- आईपीओको मूल्य कसरी निर्धारण हुन्छ ? प्रिमियम मूल्यको आईपीओ कति जोखिमपूर्ण ?
- बुक बिल्डिङ आईपीओ भनेको के हो ? कसरी हुन्छ मूल्य तय ?
- फेस भ्यालु भनेको के हो ?
- ओभर सब्स्क्रिप्सन हुनुको अर्थ के हो ?
- एसएमई प्लेटफर्म भनेको के हो ? लगानीकर्ताले के ध्यान दिने ?
- सूचीकरण र खारेजीको नालीबेली
- आस्बा भनेको के हो ? यसले कसरी काम गर्छ ?
- आईपीओ आवेदन कसरी क्यान्सिल गर्ने ?
- इस्यु म्यानेजरले के काम गर्छ ?
- नेपालका केही ठूला आईपीओको नालीबेली
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।