+

शेयर बजार र कर

९ च्याप्टर
Chapter - 3

क्यापिटल गेन ट्याक्स भनेको के हो ?

२०८० चैत  १८ गते १४:०९ २०८० चैत १८ गते १४:०९

पूँजीगत लाभ : पूँजीगत लाभ भनेको तपाईंले खरिद गर्नुभएको धितोपत्र बेच्दा खरिद गरेको भन्दा माथिको मूल्यमा बिक्री गर्नुभएको छ भने प्राप्त गर्नुभएको थप आम्दानी हो । पूँजीगत लाभ विशेषगरी मूल्यवान् वस्तु खरिद–बिक्री गर्दा, जग्गा खरिद–बिक्री गर्दा, शेयर तथा विभिन्न धितोपत्र खरिद–बिक्री गर्दा प्राप्त हुने गर्दछ ।

संसारभर धेरै मुलुकमा शेयर वा धितोपत्र, कमोडिटी, विदेशी मुद्रा, घरजग्गा वा कुनै बहुमूल्य वस्तु बिक्री गर्दा हुने पूँजीगत लाभमा कर तिर्नुपर्ने नियम छ । नेपालमा घरजग्गा तथा धितोपत्रको कारोबारमा पूँजीगत लाभ भएको खण्डमा अनिवार्य रूपमा पूँजीगत लाभ कर (Capital Gain Tax, CGT) तिर्नुपर्दछ ।

शेयर बजारको लागि करको बारेमा केही विशेष नियमहरू छन् । तपाईंले शेयर बेचेर नाफा आर्जन गर्नुहुन्छ भने लाभ कर तिर्र्नुपर्दछ । करको दर भने तपाईंले बिक्री गर्नुभएको शेयर कति समय राखेर बिक्री गर्नुभयो भन्ने कुराले फरक पार्दछ । तपाईंले एक वर्षभन्दा कम अर्थात् ३६५ दिनभन्दा कम अवधि होल्ड गरेर नाफा गरी शेयर बिक्री गर्नुभएको छ भने ७.५% को दरमा पूँजीगत लाभकर तिर्नुपर्ने हुन्छ । तर तपाईं दीर्घकालीन लगानीकर्ता हो र ३६५ दिनभन्दा बढी अवधि शेयर होल्ड गरेर बिक्री गर्नुभएको छ भने करको दर ५% पर्न जान्छ ।

नियमित कारोबार नगर्ने वा १ वर्षभन्दा बढी अवधिसम्म शेयर वा सम्पत्ति होल्ड गरेर बिक्री गर्ने व्यक्तिगत लगानीकर्ताहरूका लागि यस्तो कर उनीहरूले आफूसँग भएको सम्पत्ति बेचेर कमाउने नाफाको ५% मात्रै हो । तर यदि उनीहरूले आफूसँग भएको शेयर वा घरजग्गा जस्ता सम्पत्ति एक वर्षभन्दा कम समयको लागि होल्ड गरेर बेच्छन् भने, उनीहरूले आफ्नो नाफामा ७.५% को दरमा पूँजीगत लाभकर तिर्नुपर्छ ।

लगानीकर्ता कुनै कम्पनी वा संस्था भएको खण्डमा भने उनीहरूले घरजग्गा वा शेयर बिक्रीबाट प्राप्त भएको नाफामा १० प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्छ । यस्तो कर संस्थागत लगानीकर्ताहरूको लागि एड्भान्स कर भएको हुँदा उनीहरूले वर्षको अन्त्यमा अन्य नियमित व्यवसायबाट प्राप्त गरेको आम्दानी तथा खर्च समायोजन गरी वर्षको अन्तिममा तिर्नुपर्ने आयकरमा जोड्न वा घटाउन सक्छन् ।

लाभमा कर : पूँजीगत लाभ भनेको लगानीकर्ताले आफूले खरिद गरेको भन्दा बढी मूल्यमा शेयर बेचेर कमाउने नाफा हो । शेयरमा गरेको लगानीले नाफामा पुगेपछि मात्रै पूँजीगत लाभ कर लाग्ने गर्छ । खरिद मूल्य भन्दा बिक्री मूल्य धेरै भएको खण्डमा पूँजीगत लाभ मानिन्छ । पूँजीगत लाभ तल दिइएको विधिद्वारा गणना गरिन्छ :

बिक्री रकमखरिद रकम = पूँजीगत लाभ रकम

हकप्रद शेयर र बोनसमा कर : तपाईंले कम्पनीबाट नगद लाभांश वा बोनस मार्फत थप शेयरहरू प्राप्त गर्नुहुन्छ, यसरी प्राप्त लाभांश बापत समेत कर तिर्नुपर्दछ । यस्तो कर लगानीकर्ताले वा लगानीकर्ताको तर्फबाट कम्पनी स्वयंले तिर्नुपर्दछ । लाभांश वा बोनस बापतको कर ५ प्रतिशत रहेको छ । यस्तो कर अन्तिम कर सरह हुन्छ । तसर्थ कम्पनीले नगद लाभांश वितरण गरेर आएको आयमा पुनः आयकर तिर्नुपर्दैन । तर कम्पनीले बोनस शेयर वितरण गरेको खण्डमा यस्तो शेयरको लागत कम्पनीको चुक्ता मूल्य प्रतिशेयर सरह रहने गर्दछ र यसरी प्राप्त भएको शेयरलाई बिक्री गरेको खण्डमा खातामा आएको दिनबाट यसको गणना हुने गर्दछ । यसरी प्राप्त भएको शेयर बिक्रीबाट पूँजीगत लाभ भएको खण्डमा यदि खातामा आएको ३६५ दिनभन्दा बढी भएको खण्डमा व्यक्तिगत लगानीकर्तालाई ५% प्रतिशत र ३६५ दिनभन्दा कम भएको खण्डमा ७.५% पूँजीगत लाभकर लाग्ने गर्दछ । तर संस्थागत लगानीकर्तालाई भने माथिको जस्तै १० प्रतिशत पूँजीगत लाभकर लाग्ने गर्दछ ।

यसका साथै हकप्रदको हकमा समेत पूँजीगत लाभकरको गणना विधि बोनस शेयरको जस्तै गरेर गणना हुने गर्दछ ।

मर्जर कर : मर्जर वा एक्विजिसनको अवस्थामा लेनदेनको विवरण, संलग्न कम्पनीहरू र प्रचलित कर कानूनहरूको आधारमा कर प्रभावहरू फरक हुन सक्छन् । सामान्यतया जब एक कम्पनीको शेयर अर्को कम्पनीको शेयरमा मर्ज हुन्छ तत्काल कर दायित्व सिर्जना नहुन सक्छ । यद्यपि प्राप्त भएका नयाँ शेयरहरूमा भविष्यको पूँजीगत लाभ गणना फरक लागतको आधारमा हुन सक्छ ।

धेरै पढिएका

शेयर बजार र कर

शेयर कारोबार गर्दा कुन-कुन कर लाग्छ ?

लगानीकर्ताहरूले लगानीका क्रममा लाग्ने विभिन्न शुल्क जस्तैः ब्रोकर कमिसन, नेपाल धितोपत्र बोर्ड (सेबोन) शुल्क, डीपी शुल्क सँगै लगानीबाट प्राप्त हुने...

शेयर बजार र कर

कस्तो अवस्थामा कति प्रतिशत कर तिर्नुपर्छ ?

लेनदेनको प्रकार र होल्डिङ अवधिका आधारमा शेयर बजारमा करका दर फरक हुने गर्छ ।

शेयर बजार र कर

क्यापिटल गेन ट्याक्स भनेको के हो ?

संसारभर धेरै मुलुकमा शेयर वा धितोपत्र, कमोडिटी, विदेशी मुद्रा, घरजग्गा वा कुनै बहुमूल्य वस्तु बिक्री गर्दा हुने पूँजीगत लाभमा कर...

शेयर बजार र कर

शेयरको कमाइ बापत तिर्नुपर्ने कर व्यक्ति र संस्थामा फरक हुन्छ ?

शेयर बजारमा प्राप्त हुने नाफामा कर अनिवार्य गरिएको हुन्छ । व्यक्ति तथा कम्पनीले शेयर कारोबारबाट हुने नाफामा फरक–फरक दरमा कर...

शेयर बजार र कर

टीडीएस रिफन्ड कसरी पाउने ? कसरी चेक गर्ने ?

व्यक्तिगत लगानीकर्ता तथा संस्थागत लगानीकर्ताहरूले आफूले बुझाएको टीडीएस रिफन्ड पाउने विधिमा केही भिन्नता रहेको हुन्छ ।

शेयर बजार र कर

शेयरबाट गरिने आम्दानीमा टीडीएस कतिखेर कट्टा गरिन्छ, कसले कट्टा गर्छ ?

शेयर बजारमा गरिएको लगानीबाट प्राप्त हुने कुनै पनि आम्दानीमा कर लगाइन्छ । Tax Deducted at Source,TDS को अर्थ स्रोतमा कर...

0 %

पढिसक्नुभयो !