शेयरको कमाइमा कर तिरेको प्रमाणपत्र कसरी प्राप्त गर्ने ?

कुनै व्यक्तिगत वा संस्थागत लगानीकर्ता वा व्यवसायीले आय वर्ष अनुरूप तिर्नुबुझाउनुपर्ने आयबापतको कर रकम, सोको विवरण, वित्तीय विवरण राजस्व कार्यालयमा दाखिला गरिसकेपछि करदाताको मागबमोजिम राजस्व कार्यालयले लगानीकर्ता वा व्यवसायीलाई अघिल्लो आर्थिक वर्षको कर तिरिसकेको भनेर प्रदान गर्ने प्रमाणपत्रलाई कर चुक्ता प्रमाणपत्र भनिन्छ ।
कर चुक्ता प्रमाणपत्र लिनका लागि ऐन बमोजिम आय विवरण पेस गरी तिर्नुपर्ने सम्पूर्ण कर तिरिसकेपछि आवश्यक कागजात सहित सम्बन्धित राजस्व कार्यालयमा निवेदन दिनुपर्छ ।
कर चुक्ता प्रमाणपत्र लिन शुल्क लाग्दैन तर दाखिला गर्नुपर्ने कर बाँकी रहनुहुँदैन ।
राष्ट्र बैंकले कर तिरेपछिको आम्दानीको ५० प्रतिशत रकमभित्र ईएमआई पर्ने गरी ऋण दिने व्यवस्था गरेको छ । यसअघि यस्तो व्यवस्था थिएन ।
कर चुक्ता प्रमाणपत्र विभिन्न सरकारी प्रयोजन, बैंक, वित्तीय तथा बीमा कम्पनी वा ब्रोकर कम्पनी वा मर्चेन्ट बैंकिङ कम्पनीको संस्थापक शेयरधनी बन्न, सूचीकृत कम्पनीको सञ्चालक बन्नको लागि अनिवार्य छ । यसबाहेक वर्षभरि गरेको आम्दानी बापत सरकारलाई तिरेको कर बापतको प्रमाणपत्र रहेको हुँदा यसलाई लगानीकर्ताहरूले आफ्नो कर कार्यालयबाट प्राप्त गरेको हुनुपर्दछ ।
अझ संस्थागत लगानीकर्ताहरूको लागि त बैंक खाता खोल्न, ऋण लिन लगायत कार्यका लागि समेत अनिवार्य रूपमा कर तिरेको प्रमाणपत्र आवश्यक हुने भएकोले कर चुक्ता प्रमाणपत्र अनिवार्य रूपमा लिएको हुनुपर्दछ ।
कर चुक्ता प्रमाणपत्र लिन आवश्यक कागजपत्र
- करदाताले व्यहोरा खुलाई रु. १० को टिकट टाँसेर नजिकको आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्छ ।
- आय विवरण पेस गर्नुपर्ने हकमा आय विवरण पेस गरी निर्धारित कर दाखिला गरिसकेको हुनुपर्छ ।
- विगत आर्थिक वर्षहरूको आय विवरण र कर बक्यौता नभएको हुनुपर्छ ।
- वित्तीय विवरण पेस गर्नुपर्ने करदाताको हकमा वित्तीय विवरण र लाग्ने कर वापतको रकम तिरेको भौचर बुझाउनुपर्छ ।
- रोजगारी आय हुनेको सम्बन्धमा रोजगारदाताबाट आम्दानी र कर दाखिला गरेको विवरण ल्याएर पेस गर्नुपर्छ ।
- अन्य कुराको हकमा आन्तरिक राजस्व कार्यालयबाट तोकिए बमोजिमको विवरणहरू पेस गर्नुपर्ने हुनसक्छ ।
धेरै पढिएका
शेयर कारोबार गर्दा कुन-कुन कर लाग्छ ?
लगानीकर्ताहरूले लगानीका क्रममा लाग्ने विभिन्न शुल्क जस्तैः ब्रोकर कमिसन, नेपाल धितोपत्र बोर्ड (सेबोन) शुल्क, डीपी शुल्क सँगै लगानीबाट प्राप्त हुने...
कस्तो अवस्थामा कति प्रतिशत कर तिर्नुपर्छ ?
लेनदेनको प्रकार र होल्डिङ अवधिका आधारमा शेयर बजारमा करका दर फरक हुने गर्छ ।
क्यापिटल गेन ट्याक्स भनेको के हो ?
संसारभर धेरै मुलुकमा शेयर वा धितोपत्र, कमोडिटी, विदेशी मुद्रा, घरजग्गा वा कुनै बहुमूल्य वस्तु बिक्री गर्दा हुने पूँजीगत लाभमा कर...
शेयरको कमाइ बापत तिर्नुपर्ने कर व्यक्ति र संस्थामा फरक हुन्छ ?
शेयर बजारमा प्राप्त हुने नाफामा कर अनिवार्य गरिएको हुन्छ । व्यक्ति तथा कम्पनीले शेयर कारोबारबाट हुने नाफामा फरक–फरक दरमा कर...
टीडीएस रिफन्ड कसरी पाउने ? कसरी चेक गर्ने ?
व्यक्तिगत लगानीकर्ता तथा संस्थागत लगानीकर्ताहरूले आफूले बुझाएको टीडीएस रिफन्ड पाउने विधिमा केही भिन्नता रहेको हुन्छ ।
शेयरबाट गरिने आम्दानीमा टीडीएस कतिखेर कट्टा गरिन्छ, कसले कट्टा गर्छ ?
शेयर बजारमा गरिएको लगानीबाट प्राप्त हुने कुनै पनि आम्दानीमा कर लगाइन्छ । Tax Deducted at Source,TDS को अर्थ स्रोतमा कर...
0 %
पढिसक्नुभयो !
सबै च्याप्टर
- शेयर कारोबार गर्दा कुन-कुन कर लाग्छ ?
- कस्तो अवस्थामा कति प्रतिशत कर तिर्नुपर्छ ?
- क्यापिटल गेन ट्याक्स भनेको के हो ?
- शेयरबाट गरिने आम्दानीमा टीडीएस कतिखेर कट्टा गरिन्छ, कसले कट्टा गर्छ ?
- शेयरको कमाइमा कर तिरेको प्रमाणपत्र कसरी प्राप्त गर्ने ?
- टीडीएस रिफन्ड कसरी पाउने ? कसरी चेक गर्ने ?
- शेयरको कमाइ बापत तिर्नुपर्ने कर व्यक्ति र संस्थामा फरक हुन्छ ?
- शेयर कारोबारमा ‘क्यापिटल लस’ भयो भने कर तिर्नुपर्छ ?
- शेयर बजारको मुनाफामा लाग्ने कर कसरी बचत गर्ने ?
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।