पोर्टफोलियो भनेको के हो ? पोर्टफोलियो विविधीकरण किन जरूरी छ ?

शेयर बजारको सन्दर्भमा पोर्टफोलियो भनेको व्यक्ति वा संस्थाले विभिन्न प्रकारका वित्तीय सम्पत्ति तथा धितोपत्रहरूमा गरेको लगानीहरूको संग्रह हो । एउटा व्यक्ति वा संस्थाले सामान्यतया लगानी गर्दा विभिन्न प्रकारका धितोपत्र तथा वित्तीय सम्पत्तिहरूमा लगानी गरिरहेको हुन सक्दछ । यसरी लगानी गर्दा उनीहरूले सामान्यतया शेयर, बन्ड, म्युचुअल फन्डका एकाइ र अन्य वित्तीय सम्पत्तिहरूमा लगानी गरेको हुन सक्दछ ।
यसरी आफ्नो लगानीलाई लगानीमा निहित जोखिम, लगानीमा प्राप्त हुने प्रतिफल, प्रतिफल प्राप्त हुन लाग्ने समय आदिका आधारमा विविधीकरण गरी आफ्नो आवश्यकता अनुसारले आफूसँग रहेको लगानीयोग्य रकमलाई विभाजन गरी लगानी गर्नु नै पोर्टफोलियो व्यवस्थापन हो । यसरी विभिन्न प्रकारका धितोपत्र तथा वित्तीय सम्पत्तिमा लगानी विविधीकरण गरी पोर्टफोलियो सिर्जना गर्नुको मुख्य उद्देश्य जोखिम व्यवस्थापन गर्दै उच्चतम प्रतिफल प्राप्त गर्नु हो ।
विविधीकरण पोर्टफोलियो निर्माणको मुख्य सिद्धान्त हो । विभिन्न विधाका सम्पत्तिहरूमा लगानी वितरण गर्दा जोखिम कम हुन्छ किनभने एउटा क्षेत्र खस्किंदा अर्कोमा भएको लाभबाट नोक्सान कम हुन्छ । यो सन्तुलनले लगानीलाई सहज बनाउनुका साथै वृद्धिउन्मुख गर्न मद्दत पुर्याउँछ ।
पोर्टफोलियोहरू विशेषगरी वित्तीय लक्ष्यहरू हासिल गर्न र जोखिमलाई न्यूनीकरण गर्नका लागि उपयुक्त हुन्छन् । कुनै लगानीकर्ताले दीर्घकालीन वृद्धिलाई प्राथमिकता दिन्छन् भने कुनैले लाभांश वा ब्याज मार्फत आम्दानी प्राप्तिमा ध्यान केन्द्रित गर्छन् ।
पोर्टफोलियोलाई प्रभावकारी बनाउन नियमित अनुगमन र समायोजन गर्नुपर्छ । बजारमा लगानीका वातावरण तथा प्रतिफल प्राप्तिका अवस्थाहरूमा परिवर्तन भइरहेको हुन्छ र पोर्टफोलियो भित्र रहेका सम्पत्तिको मिश्रणमा परिवर्तन गर्ने वा लगानी वितरणलाई परिमार्जन गर्ने कार्यलाई लगानीको उद्देश्यअनुकूल हुने गरी पुनः सन्तुलित गर्नुपर्छ ।
यस अर्थमा सम्पत्ति निर्माण, जोखिम व्यवस्थापन र समयसँगै वित्तीय लक्ष्यहरू प्राप्त गर्ने एक रणनीतिक उपकरण राम्रोसँग निर्माण गरिएको पोर्टफोलियो हो ।
पोर्टफोलियो विविधीकरणको महत्व
(क) जोखिम न्यूनीकरणः लगानीलाई विविधीकरण गर्नु भनेको विभिन्न धितोपत्रहरू जस्तै शेयर, बन्ड, म्युचुअल फन्ड आदिमा बाँडेर आफूसँग भएको लगानी योग्य पैसा लगाउनु हो । यसले तपाईंको समग्र पोर्टफोलियोमा भएको कुनै एक लगानी खराब भयो भने त्यसको प्रभावलाई कम गर्न मद्दत गर्छ । एउटा लगानी खराब भयो भने अर्कोले टेवा दिन्छ भन्ने मान्यतामा विविधीकरण गरिन्छ । बुद्धिमानले सबै अण्डा एउटै डालोमा राख्दैन भन्ने लोकोक्ति लगानी विविधीकरणको आधार हो ।
(ख) प्रतिफलः विविधीकरणले समयसँगै स्थिर र अनुमान गर्न सकिने प्रतिफल दिन सक्छ । यसले तपाईंको पोर्टफोलियोमा अस्थिरतालाई कम गर्छ र सुसंगत लगानीको अनुभव प्रदान गर्छ ।
(ग) लगानी सुरक्षाः फरक किसिमका धितोपत्रले आर्थिक उतारचढावहरूमा फरक किसिमले काम गर्छन् । उदाहरणका लागि शेयरले आर्थिक वृद्धिको अवधिमा राम्रो कमाइ गर्न सक्छन् जबकि बन्डले आर्थिक मन्दीको समयमा राम्रो गर्न सक्छ । विविधीकरण गरेर तपाईंले अप्रत्याशित आर्थिक परिवर्तनहरूमा आफ्नो पोर्टफोलियोलाई सुरक्षित गर्न सक्नुहुन्छ ।
(घ) कम्पनी विशेष जोखिमः विभिन्न प्रकारका शेयर वा अन्य धितोपत्रहरूमा लगानी विविधीकरण गरी लगानीको फराकिलो दायरा बनाउँदा कुनै पनि कारणबाट कुनै एक कम्पनीविशेषमा हुने जोखिमबाट हुनसक्ने क्षतिलाई कम गर्न मद्दत गर्छ । उदाहरणका लागि यदि तपाईंले सबै पैसा एउटा कम्पनीको शेयरमा लगानी गर्नुभएको छ भने तपाईंको पोर्टफोलियोको प्रतिफल त्यो एक कम्पनीले प्रदर्शन गर्ने प्रतिफल क्षमतामा निर्भर हुन्छ । धेरै कम्पनीहरूमा लगानी विविधीकरणले यस्तो जोखिम स–सानो टुक्रामा विभाजित भएर धेरै कम्पनीमा फैलाउँदछ र सम्भावित नोक्सानी पनि सानो हुन्छ ।
(ङ) दीर्घकालसम्म सम्पत्ति रक्षाः दीर्घकालीन लगानीकर्ताहरूको लागि लगानी विविधीकरणको विशेष महत्व हुन्छ । लामो अवधिको लागि गरिने लगानीमा विविधीकरणका फाइदा अझ प्रष्ट देखिने हुन्छ । विशेषगरी विविधीकरणले तपाईंको सम्पत्तिलाई बजारको गम्भीर गिरावटबाट जोगाउन मद्दत गर्नुका साथै समयक्रममा तपाईंको लगानी लक्ष्य प्राप्त गर्ने सम्भावनालाई बढाएर लैजान्छ ।
अर्कोतर्फ के पनि ख्याल राख्नुपर्दछ भने पोर्टफोलियो विविधीकरणले जोखिम केही हदसम्म कम गर्न सक्दछ तर पूर्ण रूपमा हटाउन सक्दैन । किनकि विभिन्न लगानीका सिद्धान्त र कारणबाट समग्र बजार प्रभावित भएको खण्डमा त्यसको असर समग्र अर्थतन्त्रमा पर्दछ । प्रायः सबै किसिमको लगानीमा केही न केही जोखिम रहेको हुन्छ र विविधीकरण त्यो जोखिम व्यवस्थापन र न्यूनीकरण गर्ने एउटा रणनीति मात्र हो । तपाईंलाई आवश्यक विविधीकरणको विशिष्ट स्तर कुन हो भन्ने कुरा तपाईंको वित्तीय लक्ष्य, जोखिम सहनशीलता र लगानी क्षमतामा निर्भर गर्छ । तपाईंको व्यक्तिगत परिस्थितिसँग मिल्दोजुल्दो विविध पोर्टफोलियो सिर्जना गर्न जानकारसँग सल्लाह लिनु उचित हुन्छ ।
धेरै पढिएका
दीर्घकालीन र अल्पकालीन लगानीको फरक के हो ?
दीर्घकालीन र अल्पकालीन लगानी दुई भिन्न दृष्टिकोण हुन् । दुवैका आफ्नै उद्देश्य र रणनीति हुन्छन् । दुवै लगानी बीचको फरकलाई...
शेयर बजारमा हुने चलखेल र यसबाट बच्ने उपाय
स्टक मार्केटमा हुने चलखेलले लगानीकर्तालाई अत्यधिक जोखिम प्रदान गर्न सक्छन् । यस्ता जोखिमहरूलाई खाम्न नसकेको खण्डमा हामी कहिल्यै पनि बजारमा...
कम्पनीको शेयर विश्लेषण कसरी गर्ने ?
कम्पनीको शेयर विश्लेषण गर्दा उसको वित्तीय स्वास्थ्य, कार्यसम्पादन तथा शेयर मूल्य र वृद्धि सम्भावनालाई असर गर्न सक्ने अन्य कारणहरूको मूल्यांकन...
शेयर बजारका लगानीकर्ता
धितोपत्र बजारमा सामान्यतया व्यक्तिगत र संस्थागत गरी दुई किसिमका लगानीकर्ता सक्रिय हुन्छन् । संस्थागत लगानीकर्ता स्वभावैले ठूलो आकारको कारोबार गर्छन्...
वारेन बफेटको लगानी सूत्र के हुन् ? तपाईंका लागि कुन उपयुक्त हुन्छ ?
वारेन बफेट विश्वभरका सफल लगानीकर्ताहरूमध्ये एक हुन् । उनको लगानी सूत्रलाई धेरैले सिको गर्न खोज्छन् । उनको मुख्य लगानी सूत्र यस प्रकार...
बजारमा सही कम्पनी वा स्टक कसरी छनोट गर्ने ?
आफ्नो सबै लगानी एउटै स्टकमा मात्रै नगर्नुहोस् । पोर्टफोलियो विविधीकरणले विभिन्न स्टकमा जोखिम वितरण गर्न मद्दत गर्न सक्छ । विभिन्न...
0 %
पढिसक्नुभयो !
सबै च्याप्टर
- शेयर भनेको के हो ?
- शेयर बजार भनेको के हो ? अथवा स्टक मार्केट भनेको के हो ?
- शेयर बजारमा लगानी : नवप्रवेशीका लागि चरणबद्ध मार्गदर्शन
- दीर्घकालीन र अल्पकालीन लगानीको फरक के हो ?
- स्मल क्याप, मिड क्याप र लार्ज क्याप शेयरमा के फरक छ ?
- प्राथमिक बजार र दोस्रो बजार भनेको के हो, कसरी लगानी गर्ने ?
- पोर्टफोलियो भनेको के हो ? पोर्टफोलियो विविधीकरण किन जरूरी छ ?
- शेयरको फेस भ्यालु भनेको के हो ?
- शेयर बजारले कसरी काम गर्छ ?
- भ्यालु वा ग्रोथमध्ये लगानीको कुन शैली ठिक ?
- शेयर बजारमा कारोबार कसरी गर्ने ?
- वारेन बफेटको लगानी सूत्र के हुन् ? तपाईंका लागि कुन उपयुक्त हुन्छ ?
- के तपाईं ग्रोथ इन्भेस्टर हो ? यी सूत्र काम लाग्न सक्छन्
- बजारमा सही कम्पनी वा स्टक कसरी छनोट गर्ने ?
- शेयरको मूल्य उतारचढाव कसरी हुन्छ ?
- सूचीकरण खारेज के हो ? के तपाईंको शेयर यस्तो खतरामा छ ?
- बुल मार्केट र बियर मार्केट भनेको के हो ?
- कम्पनीको शेयर विश्लेषण कसरी गर्ने ?
- लगानी रणनीति
- शेयर बजारका लगानीकर्ता
- सम्पत्ति कसरी बढाउने ? यस्तो छ लगानी र बचत बीचको अन्तर
- नेपालका महँगा १० शेयर, किन महँगा हुन्छन् कुनै कुनै शेयर ?
- शेयर लगानीकर्ताले पढ्नैपर्ने १० पुस्तक
- शेयर ट्रेडरले पढ्नै पर्ने १० पुस्तक
- नेपाली शेयर बजार इतिहासका पाँच मुख्य क्र्यास
- शेयर बजारमा नयाँ हुनुहुन्छ ? यी हुन् तपाईंले गर्न हुने र नहुने काम
- शेयर बजारमा हुने चलखेल र यसबाट बच्ने उपाय
- शेयर बजारबारे केही भ्रम र यथार्थ
- राजनीतिसँग शेयर बजारको साइनो
- नेपालको शेयर बजारलाई तल–माथि पार्ने मुख्य तत्वहरू
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।