इन्डेक्स फन्ड भनेको के हो ?

निश्चित शर्तहरूका आधारमा सूचीकृत कम्पनी छनोट गर्ने र त्यसरी छनोट गरिएका कम्पनीको शेयर मूल्यमा आउने उतारचढावलाई मापन गर्ने गरी इन्डेक्स बनाउने चलन विकसित बजारहरूमा छ । सोही इन्डेक्सलाई नक्कल गर्दै बनाइएको म्युचुअल फन्डलाई इन्डेक्स फन्ड भनिन्छ ।
नेपालमा हालसम्म इन्डेक्स फन्ड सञ्चालनमा आएको छैन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘नेप्से–३० इन्डेक्स’ नामक नयाँ सूचकांक सार्वजनिक गर्ने तयारी गरेको छ । यसले भविष्यमा इन्डेक्स फन्ड सञ्चालनमा सहयोग पुर्याउने विश्वास गर्न सकिन्छ ।
NEPSE–30 इन्डेक्सलाई राम्रोसँग बुझ्नको लागि पहिले सूचकांकको अवधारणा बुझ्न जरूरी हुन्छ ।
कल्पना गर्नुहोस् कि तपाईं एउटा पेन्टिङ बनाउँदै हुनुहुन्छ । यसका लागि सावधानीपूर्वक रंगहरूको चयन गर्नुपर्छ । रंगको चयनले मात्र पेन्टिङ तयार हँदैन, स्केच पनि पूर्णरूपमा तयार हुनुपर्छ ।
त्यसैगरी एक सूचकांक एक विशिष्ट बजार वा खण्डको लागि एउटा पेन्टिङ जस्तै हो । यसले निश्चित मापदण्डको आधारमा सही ‘स्केच’ अर्थात् स्टकहरू चयन गर्छ । तिनीहरूलाई रंग (मूल्य ट्रयाक) लगाएपछि अन्तिम ‘तस्वीरको रूपमा’ सूचकांक प्राप्त हुन्छ । यसले बजारको घटबढको स्थितिलाई प्रतिबिम्बित गर्छ ।
नेपाल स्टक एक्सचेन्जमा समग्र बजार र समूहहरू ट्रयाक गर्ने विभिन्न सूचकांक छन् । केही सूचकांकहरू ठूला कम्पनीमा केन्द्रित हुन सक्छन् भने केही सानामा । केहीले एक विशिष्ट उद्योग ट्रयाक गर्न सक्छन्, अरूले सम्पूर्ण बजार ट्रयाक गर्न सक्छन् । सूचकांकहरू प्रयोग गरेर लगानीकर्ताहरूले फराकिलो बजारको तुलनामा उनीहरूको आफ्नो लगानीको अवस्था कस्तो छ भन्ने राम्रोसँग बुझ्न सक्छन् ।
इन्डेक्स गणनाका लागि छनोट गरिएको बास्केटमा रहेका अधिकांश स्टकको मूल्य बढेमा इन्डेक्स माथि जान्छ र घट्दा घट्छ । समग्रमा सूचकांकहरूले कसरी काम गर्छ भन्ने बुझ्दा लगानीकर्ताहरूलाई उनीहरूको पोर्टफोलियोहरू प्रबन्ध गर्ने बेलामा निर्णय लिन मद्दत गर्न सक्छ । सूचकांक एक कम्पास जस्तै हो जसले तपाईंलाई बजारको उतारचढाव मार्फत मार्गदर्शन गर्छ । तपाईंलाई आफ्नो वित्तीय लक्ष्यमा अडिग रहन मद्दत गर्छ ।
NEPSE–30 सूचकांकले के बुझाउँछ ?
नेप्से–३० सूचकांक नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने ३० कम्पनीहरूको शेयर छनोट गरी बनाइएको सूचकांक हो ।
उत्कृष्ट प्रदर्शन गर्ने स्टकहरूको आधारमा इन्डेक्स बनाउन ध्यानपूर्वक स्टक चयन गर्नुपर्छ । नेप्से–३० सूचकांकले नेप्सेको समग्र कार्यसम्पादन प्रतिनिधित्व गर्न बजार पूँजीकरण, तरलता र प्रतिफल जस्ता विशिष्ट मापदण्डका आधारमा स्टकहरू छनोट गर्छ । नेप्से–३० सूचकलाई पछ्याएर लगानीकर्ताले नेपाली शेयर बजारको समग्र स्वास्थ्यबारे राम्रोसँग बुझेर लगानीका नयाँ अवसर पत्ता लगाउन सक्छन् ।
नेप्से–३० मा समावेश हुने मापदण्डहरू
(१) प्रति शेयर चुक्ता मूल्यभन्दा प्रति शेयर किताबी मूल्य बढी हुनुका साथै विगत पाँच आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्ष सहित कम्तीमा ३ वर्ष नाफामा रहेको ।
(२) अघिल्लो आर्थिक वर्षमा प्रति शेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत वा सोभन्दा बढी रहेको ।
(३) कम्पनीको कम्तीमा २५ प्रतिशत शेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रि(फ्लोट बजार पूँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि(फ्लोट बजार पूँजीकरण एक प्रतिशत भन्दा बढी रहेको ।
(४) शेयरधनीको संख्या कम्तीमा २० हजार रहेको ।
(५) पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत रु.२५ लाख वा सोभन्दा बढी रकमको कारोबार भई दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सोभन्दा बढी पटक कारोबार भएको ।
(६) पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिन मध्ये न्यूनतम ७५ प्रतिशत दिनमा कारोबार भएको ।
समग्रमा, यी मापदण्डहरूले छनोटमा परेका कम्पनीहरू आर्थिक रूपमा स्थिर, राम्रो प्रदर्शन गरिरहेको र बजारमा उल्लेखनीय उपस्थिति रहेको संकेत गर्छ । नेप्से–३० सूचकांकमा समावेश हुने कम्पनीहरू लगानीकर्ताको नजरमा पर्न सक्छन् । यसलाई उनीहरूको वित्तीय स्वास्थ्य र कार्यसम्पादनको सकारात्मक सूचकका रूपमा हेर्न सकिन्छ ।
धेरै पढिएका
एसआईपी भनेको के हो ? यसले कसरी काम गर्छ ?
योजनाबद्ध तरिकाले नियमित रूपमा लगानी गर्ने विधि व्यवस्थित लगानी योजना (Systemic Investment Plan, SIP) हो । यो म्युचुअल फन्डमा पैसा...
म्युचुअल फन्ड भनेको के हो ? कसरी काम गर्छ ?
म्युचुअल फन्ड भनेको धेरै साना तथा संस्थागत लगानीकर्ताहरूबाट पैसा जम्मा गरी स्टक, बन्ड र अन्य धितोपत्रहरूमा लगानी गर्ने संयन्त्र हो...
नेपालमा कति प्रकारका म्युचुअल फन्ड प्रचलनमा छन् ?
नेपालमा दुई प्रकारका म्युचुअल फन्ड छन्– खुलामुखी सामूहिक लगानी योजना (Open-Ended Mutual Fund) र बन्दमुखी सामूहिक लगानी योजना (Close-Ended Mutual...
लमसम भनेको के हो ? एसआईपी र लमसममा के अन्तर छ ?
लमसम (Lumpsum) भन्नाले एकमुष्ट रकमलाई जनाउँछ । लमसम लगानी भनेको त्यो हो जसमा सम्पूर्ण रकम एकैचोटि एउटै व्यापार वा शेयर...
ईटीएफ र म्युचुअल फन्डमा के फरक छ ?
कोष प्रबन्धकहरूले सक्रिय वा निष्क्रिय रूपमा कोष व्यवस्थापन गर्न सक्छन् । अधिकांश ईटीएफ (Exchange Traded Fund, ETF) हरू एक निश्चित...
म्युचुअल फन्डको न्याभ भनेको के हो ? स्टक मूल्य र न्याभमा के फरक छ ?
NAV भनेको म्युचुअल फन्डको प्रति इकाई वास्तविक मूल्य हो जसलाई खुद सम्पत्ति मूल्य (Net Asset Value, NAV) भनिन्छ ।
0 %
पढिसक्नुभयो !
सबै च्याप्टर
- म्युचुअल फन्ड भनेको के हो ? कसरी काम गर्छ ?
- नेपालमा कति प्रकारका म्युचुअल फन्ड प्रचलनमा छन् ?
- म्युचुअल फन्डका लागि नयाँ हुनुहुन्छ ? यसरी गर्नुहोस् लगानी
- मिडक्याप, स्मल क्याप र लार्जक्याप फन्ड बीचको फरक के हो ?
- डेब्ट फन्ड भनेको के हो ?
- हाइब्रिड फन्ड भनेको के हो ?
- इन्डेक्स फन्ड भनेको के हो ?
- के गैरआवासीय नेपालीहरूले म्युचुअल फन्डमा लगानी गर्न पाउँछन् ?
- डाइरेक्ट रेगुलर म्युचुअल फन्डबीच के भिन्नता छ ?
- एसआईपी भनेको के हो ? यसले कसरी काम गर्छ ?
- लमसम भनेको के हो ? एसआईपी र लमसममा के अन्तर छ ?
- ईटीएफ र म्युचुअल फन्डमा के फरक छ ?
- फन्ड म्यानेजरले कसरी काम गर्छन् ? कति शुल्क लाग्छ ?
- उपयुक्त म्युचुअल फन्ड कसरी छनोट गर्ने ?
- म्युचुअल फन्डका फाइदा/बेफाइदा के के हुन् ?
- म्युचुअल फन्डको न्याभ भनेको के हो ? स्टक मूल्य र न्याभमा के फरक छ ?
- नेपालमा म्युचुअल फन्डको इतिहास
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।