+

म्युचुअल फण्ड

१७ च्याप्टर
Chapter - 17

म्युचुअल फन्डको न्याभ भनेको के हो ? स्टक मूल्य र न्याभमा के फरक छ ?

२०८० चैत  २० गते १३:२६ २०८० चैत २० गते १३:२६

कुनै पनि वस्तु खरिद गर्नुअघि त्यसको वास्तविक मूल्य जाँच्नु मानवीय स्वभाव हो । चाहे त्यो आधारभूत घरायसी सामान होस् वा अन्य विलासिताका सामानहरू, हामी कुनै पनि लगानी गर्नुअघि मूल्य जाँच गर्छौं र तुलना गर्छौं । त्यसपछि मात्र हामी लगानी गर्न लायक छ कि छैन भन्ने निष्कर्षमा पुग्छौं ।

जब तपाईं शेयरबजार प्रवेश गर्नुहुन्छ, लगानी गर्नुअघि तपाईंको दिमागमा पहिलो कुरा आउँछ कि स्टक सस्तो छ वा महँगो । यसका आधारमा हामी लगानी निर्णय गर्छौं । त्यसैगरी म्युचुअल फन्डहरू छनोट गर्दा पनि सोही दृष्टिकोण हावी हुन्छ । म्युचुअल फन्डमा लागनी गर्नुअघि तपाईंले बजार मूल्य वा NAV हेर्न सक्नुहुन्छ ।

म्युचुअल फन्डको NAV भनेको के हो ?

तपाईं म्युचुअल फन्डमा लगानी गर्ने विचार गर्दै हुनुहुन्छ र यस बारे बुझ्न खोज्दै हुनुहुन्छ भने बारम्बार ल्ब्ख् देख्नुहुनेछ । परिभाषा अनुसार NAV भनेको म्युचुअल फन्डको प्रति इकाई वास्तविक मूल्य हो जसलाई खुद सम्पत्ति मूल्य (Net Asset Value, NAV) भनिन्छ । यसैका आधारमा म्युचुअल फन्डका इकाई खरिद र बिक्री हुन्छन् ।

बजारमा प्रत्येक कारोबारमा परिवर्तन हुनसक्ने शेयर मूल्यहरू विपरीत म्युचुअल फन्डको NAV दैनिक आधारमा गणना गरिन्छ । आवश्यक समायोजन गरेपछि म्युचुअल फन्ड योजनाको स्वामित्वमा रहेका सबै धितोपत्रहरूको अन्तिम मूल्यको आधारमा दिनको अन्त्यमा NAV गणना गरिन्छ ।

म्युचुअल फन्ड योजनाको NAV कसरी गणना गर्ने ?

खुद सम्पत्ति मूल्य वा NAV गणना गर्ने सूत्र धेरै सजिलो छ । सामूहिक लगानी कोष निर्देशिका, २०६९ बमोजिम प्रति इकाई खुद सम्पत्ति मूल्य कायम गर्दा योजनाको मूल्यांकन गर्ने मितिमा कायम रहेको सम्पूर्ण सम्पत्तिलाई कुल इकाई संख्याले भाग गरी प्रति इकाई खुद सम्पत्ति मूल्य कायम गर्नुपर्छ ।

खुद सम्पत्ति मूल्य गणना गर्ने सूत्र :

स्टक मूल्य न्याभमा फरक

NAV भनेको लगानीकर्ताहरूले म्युचुअल फन्ड इकाईको लागि तिर्नुपर्ने मूल्य हो । यद्यपि यसलाई शेयर मूल्यसँग तुलना गर्नुहुँदैन । शेयरको मूल्य बजारको माग अनुसार तल–माथि हुने गर्छ । जब शेयरको माग बढ्छ, त्यसको मूल्य पनि बढ्छ र माग घट्दा मूल्य पनि घट्छ । अर्कोतर्फ NAV ले माग र आपूर्तिको बजारसँग कुनै सरोकार राख्दैन । यो म्युचुअल फन्डको इकाईको बुक भ्यालु हो । शेयरको किताबी मूल्य र बजार मूल्य उस्तै हुँदैन । सामान्यतया शेयर मूल्यहरू कम्पनीको अपेक्षित वृद्धि र अन्य तत्वहरूद्वारा निर्धारण हुन्छ । तसर्थ लगानी निर्णय गर्न स्टकको मूल्य एक प्रमुख कारक हो । यो म्युचुअल फन्डको NAV मा लागू हुँदैन ।

धेरै पढिएका

म्युचुअल फण्ड

एसआईपी भनेको के हो ? यसले कसरी काम गर्छ ?

योजनाबद्ध तरिकाले नियमित रूपमा लगानी गर्ने विधि व्यवस्थित लगानी योजना (Systemic Investment Plan, SIP) हो । यो म्युचुअल फन्डमा पैसा...

म्युचुअल फण्ड

म्युचुअल फन्ड भनेको के हो ? कसरी काम गर्छ ?

म्युचुअल फन्ड भनेको धेरै साना तथा संस्थागत लगानीकर्ताहरूबाट पैसा जम्मा गरी स्टक, बन्ड र अन्य धितोपत्रहरूमा लगानी गर्ने संयन्त्र हो...

म्युचुअल फण्ड

नेपालमा कति प्रकारका म्युचुअल फन्ड प्रचलनमा छन् ?

नेपालमा दुई प्रकारका म्युचुअल फन्ड छन्– खुलामुखी सामूहिक लगानी योजना (Open-Ended Mutual Fund) र बन्दमुखी सामूहिक लगानी योजना (Close-Ended Mutual...

म्युचुअल फण्ड

लमसम भनेको के हो ? एसआईपी र लमसममा के अन्तर छ ?

लमसम (Lumpsum) भन्नाले एकमुष्ट रकमलाई जनाउँछ । लमसम लगानी भनेको त्यो हो जसमा सम्पूर्ण रकम एकैचोटि एउटै व्यापार वा शेयर...

म्युचुअल फण्ड

ईटीएफ र म्युचुअल फन्डमा के फरक छ ?

कोष प्रबन्धकहरूले सक्रिय वा निष्क्रिय रूपमा कोष व्यवस्थापन गर्न सक्छन् । अधिकांश ईटीएफ (Exchange Traded Fund, ETF) हरू एक निश्चित...

म्युचुअल फण्ड

म्युचुअल फन्डको न्याभ भनेको के हो ? स्टक मूल्य र न्याभमा के फरक छ ?

NAV भनेको म्युचुअल फन्डको प्रति इकाई वास्तविक मूल्य हो जसलाई खुद सम्पत्ति मूल्य (Net Asset Value, NAV) भनिन्छ ।

0 %

पढिसक्नुभयो !