+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

उत्पादन र रोजगारीमा केन्द्रित बजेट आउँछ : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १९ गते १५:२८

१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादन र रोजगारीमा केन्द्रित रहेर बजेट निर्माण भइरहेको बताएका छन् ।

१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आशा जगाउने खालको बजेट आउने बताएका हुन् ।

‘सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सत्ता साझेदार दलहरूको तर्फबाट प्रस्तुत साझा न्यूनतम कार्यक्रमअनुसार भरोसा र भविष्यप्रतिको आशा जगाउने बजेट आउँछ ।’

आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै बेरोजगारीलाई न्यूनीकरण गर्ने प्रचण्डको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?