+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

डढेलोले दुनाटपरी बनाउने उद्योग संकटमा

रासस रासस
२०८१ वैशाख २३ गते १५:०२

२३ वैशाख, रामेछाप । दुनाटपरी बनाउन रामेछापकी ज्ञानुका कार्कीले सञ्चालन गरेको घरेलु उद्योग डढेलोका कारण संकटमा परेको छ ।

आगलागीले गर्दा सालघारी सखाप भएपछि दुनाटपरी बनाउने ज्ञानुकाको सानो उद्योग ठप्प भएको हो । यसै पनि फागुनदेखि जेठसम्म टपरी बनाउन मिल्ने पात पाउन मुस्किल हुन्छ ।

पुरानो पात झर्ने र नयाँ पलाउने यो मौसममा टपरी बनाउने खालका पात मुस्किलले पाइन्थ्यो । यहीबेला वनमा लागेको डढेलोले सालघारी नै उदाङ्गो बनाइदिएको छ ।

रामेछाप नगरपालिकाले सालको पातको टपरी बनाउने तालिम दिएपछि त्यसैलाई व्यवसाय बनाउने सोचका साथ ज्ञानुकाले काम सुरु गरेकी थिइन् ।

व्यवसाय सुरु गरेसँगै ज्ञानुकाले आफ्ना वरिपरिका दिदिबहिनीलाई समेत समेटेर २० जनाको समूहसमेत बनाएकी छन् ।

खेर गइरहेको सालको पातबाट दुनाटपरी बनाएर उद्यम गर्छु भन्ने ज्ञानुकाको सोचलाई रामेछाप नगरपालिकासँगै सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले समेत सहयोग गरेको छ । मन्त्रालयले उनलाई मेसिन खरिदका लागि दुई लाख रुपैयाँ दिएको थियो ।

वनमा लागेको डढेलोले गर्दा आफूहरूले गरिरहेको काममा असर गरेको अर्की व्यवसायी सिर्जना कार्की बताउँछिन् । उनी भन्छिन्, ‘डढेलोले सबै पात सखाप भयो, अब नयाँ पलाएर टपरी गाँस्न तयार हुन धेरै समय लाग्छ होला ।’

रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले वनमा आगो लगाउनेलाई कडा कारबाही गरिने बताएकी छन् । उनले वनमा आगो लगाउनेको पहिचान गर्न डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई निर्देशन दिएको जानकारी दिइन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?