+
+

आमाबुवा बन्दै जस्टिन र हेली, बेबी बम्प प्रदर्शन गर्दै ‘प्रेगनेन्सी’ घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १३:२१

काठमाडौं । गायक जस्टिन बिबर र सुपरमोडल पत्नी हेली आमाबुवा बन्ने भएका छन् ।

इन्स्टाग्राममा यसबारे जानकारी दिंदै ३० वर्षीय जस्टिन र २७ वर्षीया हेलीले आफूहरु अभिभावक बन्न लागेको उल्लेख गरेका छन् । सेयर गरिएको फोटोमा हेलीको बेबी बम्प देख्न सकिन्छ ।

पिपुल म्यागजिनका अनुसार यतिबेला हेली ६ महिनाकी गर्भवती छिन् । सेयर गरिएको फोटोमा हेलीको बढ्दो बेबी बम्प, लेसी सेतो पहिरन र घुम्टोलाई देख्न सकिन्छ । अन्य फोटोमा एक घाँसे मैदान देखिन्छ, जहाँ हेली र जस्टिन उभिएका छन् । उनीहरुले विवाहको मिल्दोजुल्दो औंठी पनि देखाएका छन् ।

यो सेलिब्रेटी जोडीले इन्गेजमेन्ट भएको दुई महिनामै सन् २०१८ मा न्युयोर्क अदालतमा विवाह गरेका थिए । त्यसपछि साथीभाइ र परिवारको उपस्थितिमा क्यालिफोर्नियामा भव्य वैवाहिक समारोह आयोजना गरिएको थियो ।

जस्टिन र हेली युवापुस्तामाझ चर्चित सेलिब्रेटी हुन् । नेपालमा समेत उनीहरुलाई पछ्याउनेको संख्या धेरै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?