+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

३४ लाख ६६ हजारसँग ड्राइभिङ लाइसेन्स

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १९:००

१३ जेठ, काठमाडौं । सरकारले हालसम्म ३४ लाख ६६ हजार जनालाई सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) वितरण गरेको छ ।

२०८० असार मसान्तसम्म ३४ लाख १९ हजार ४ सय १० सवारी चालक अनुमतिपत्र प्रिन्ट गरी वितरण गरेकोमा फागुनसम्म ३४ लाख ६६ हजार ७ सय ७३ थान सवारी चालक अनुमतिपत्र प्रिन्ट गरी वितरण भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

२०८० असारसम्म ३६ यातायात व्यवस्था कार्यालय/सेवा कार्यालयमा विद्युतीय लाइसेन्स प्रणाली लागु भएकोमा हाल ३९ यातायात व्यवस्था कार्यालय/सेवा कार्यालयमा विस्तार भएको छ ।

करिब १० हजार इम्बोस्ड नम्बर वितरण

सर्वेक्षण अनुसार हाल ६ स्थानबाट सवारीसाधनमा लगाइने इम्बोस्ड नम्बर प्लेट जडान हुँदै आएको छ ।

चालु आव फागुनसम्म १ लाख १५ हजार ७ सय ८६ थान इम्बोस्ड नम्बर प्लेटमध्ये ९ हजार ९ सय ९१ थान वितरण भएको छ ।

हालसम्म जम्मा ५ लाख ८० हजार ८ सय ८६ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भई ६६ हजार ७ सय १५ थान वितरण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?