+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

रणअम्बिका आँखा अस्पतालको ठेक्कामा सेटिङ भएको भन्दै अख्तियारमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते २०:२७

२१ जेठ,बुटवल । भैरहवाको रण अम्बिका आँखा अस्पतालको भवन निर्माणका लागि आह्वान भएको ठेक्कामा मिलेमतो (सेटिङ) भएको भन्दै छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको छ ।

२२ करोड ३० लाख रुपैयांको भवन निर्माणका लागि निर्माण कम्पनीले घटीघटाउमा १८ करोड ५० लाख भन्दा कम रकममा काम गर्न तयार भई टेण्डर दर्ता गर्दा समेत ४ करोड रुपैयां बढी रकम उल्लेख गरेको कम्पनीलाई स्वीकृत गर्नुले ठूलो घोटाला गर्न खोजिएको भन्दै छानवीन र कारवाही गर्न माग गर्दै उजुरी दिइएको हो ।

रणअम्बिका आँखा अस्पताल अर्ध सरकारी निकाय भएकाले उक्त टेण्डर प्रकृयामा अख्तियारको दुरुपयोग भएको आशंका भएकाले छानवीन हुनुपर्ने निर्माण व्यवसायी नारायण भुसालले बताए ।

भुसालका अनुसार बाबुल कन्ट्रक्सन कम्पनीले १८ करोड २६ हजारमा र एनबी कन्ट्रक्सन कम्पनीले १८ करोड ४६ हजारमा भवन निर्माणको ठेक्का लिन तयार भई टेण्डर प्रकृयामा सहभागी भएपनि नव सिर्जनशिल कन्ट्र«क्सन कम्पनीको भ्याटसहित २२ करोड २९ लाख १० हजार ९७ रुपैयाको बोलपत्र स्वीकृत गरिएको छ ।

मोटो रकम घोटालाको योजना बनाएर अस्पताल प्रशासन र इन्जिनियरिङ कन्सल्टेन्सीले ५ करोडसम्म बढी लागत इस्टिमेट गरेर टेण्डर आव्हान गरिएकाले उक्त टेण्डर प्रक्रियाको छानवीन गर्न माग गरिएको व्यवसायी भुसालले बताए ।

लुम्बिनी निर्माण व्यवसायी संघ रूपन्देहीकी अध्यक्ष मन्जु भुसालले सम्मेलन गरी आफू अनुकुलको निर्माण कम्पनीलाई ठेक्का दिलाउन प्रतिष्पर्धामा गएका कम्पनीहरू योग्य हुँदाहुँदै प्राविधिक प्रस्ताव अस्वीकार गरेको आरोप लगाइन् । उनले पुनः टेण्डर आव्हान गर्न माग गर्दै माग सम्बोधन नभए आन्दोलनमा जाने बताइन् ।

प्राविधिक प्रस्ताव के कति कारणले अस्वीकृत गरिएको हो भन्नेबारे सुचनाको हक अनुसार जानकारी माग्दा नदिएकोले पनि यसमा मिलेमतो भएको आफूहरुको दावीलाई बल पुगेको भुसालले बताइन् ।

टेण्डरमा कविन्द्र निर्माण सेवा काठमाडौ, एपिएम कन्स्ट्रक्सन एण्ड विल्डर्स प्रालि काठमाडौं र नव सिर्जनशिल कन्सट्रक्शन कम्पनी प्रालि काठमाडौंको प्राविधिक प्रस्ताव स्वीकृत गरी बोलपत्रदाताहरुको नाम छनोट गरिएको थियो ।

टेण्डरमा चलखेल गर्न ई बिडिङ नगरी हार्डकपी नै पेश गर्नुपर्ने प्रावधानले पनि मिलेमतोको दावीलाई बल पुगेको व्यवसायी नवराज श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?