+
+

भारतको मुख्य प्रशिक्षकका लागि द्रबिडले पुन: आवेदन नदिने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १३:४३

२२ जेठ, काठमाडौं । भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक राहुल द्रबिडले फेरि जिम्मेवारीमा दोहोरिन आवेदन नदिने प्रष्ट पारेका छन् । यससँगै अहिले वेष्ट इण्डिज र अमेरिकामा भइरहेको टी–२० विश्वकप क्रिकेट नै भारतको मुख्य प्रशिक्षकका रूपमा उनको अन्तिम प्रतियोगिता हुने पक्का भएको छ ।

भारतले आगामी जुनमा नयाँ प्रशिक्षक नियुक्त गर्ने अनुमान थियो, द्रबिडले त्यसलाई पुष्टि गरे ।

सञ्चारकर्मीहरूले प्रशिक्षकका रूपमा अन्तिम विश्वकप भएकाले केही फरक महसुस भएको छ भनेर सोधेका थिए । जवाफमा उनले भारतको प्रशिक्षक भएपछि खेलेको हरेक खेलको उत्तिकै महत्व रहेको बताए । उनले भने, ‘म फेरि आवेदन दिन असक्षम छु । तर यसले कुनै फरक परेको छैन । पहिलो दिनबाटै म हरेक खेल महत्वपूर्ण थियो ।’

खेलाडीका रूपमा २००३ मा विश्वकप खेलेका द्रबिडको नेतृत्वमा भारत २०२३ मा एकदिवसीय विश्वपको फाइनलमा पुगेको थियो, तर अष्ट्रेलियासँग पराजित भयो । वेष्ट च्याम्पियनसिपमा पनि भारत उपविजेतामा सीमित भयो ।

भारतलाई एसिया कपको उपाधि दिलाएका द्रबिडसामु विश्वकपको उपाधि जित्ने अवसर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?