+
+

पतंजलि आयुर्वेद सेन्टरले खर्च तिरेपछि २ असारदेखि परीक्षा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १७:४०

२२ जेठ, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको सम्बन्धन प्राप्त पतंजलि आयुर्वेद मेडिकल एन्ड रिसर्च सेन्टरले खर्च तिरेपछि परीक्षा नियन्त्रण कार्यालयले रोकिएको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

१६ वैशाखदेखि ११ जेठसम्म भएको ३७ विद्यार्थीको सैद्धान्तिक परीक्षाको खर्च नतिरेको भन्दै ब्याचलर अफ आयुर्वेद मेडिसिनको अन्तिम वर्षको प्रयोगात्मक परीक्षा विश्वविद्यालयले रोकेको थियो ।

काभ्रेको धुलिखेलमा रहेको पतंजलि आयुर्वेद सेन्टरले सैद्धान्तिक परीक्षाको लागि अनुमानित २ लाख खर्च पठाएको र अब हुने प्रयोगात्मक परीक्षाको लागि खर्च व्यहोर्ने प्रतिबद्धता पत्र दिएपछि तालिका सार्वजनिक गरेको नेपाल संस्कृत विश्वविद्यालय, आयुर्वेद अध्ययन संस्थानका सहायक डीन राजेश्वर अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?