+
+

मधेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १८:०४

२७ जेठ, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री त्रिभुवन साह र विनाविभागीय राज्यमन्त्री महोम्मद सकिल मियाँले पद तथा गोपनियताको शपथ लिएका छन् ।

आइतबार वनमन्त्री साहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट र राज्यमन्त्री मियाँले मुख्यमन्त्री सतिश सिंहबाट शपथ लिएका हुन् ।

गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका सिंहले सोही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए ।

शुक्रबार जनमतबाट विनाविभागीय राज्यमन्त्री बनेकी रञ्जु खंगलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मा दिइएको छ ।

आजको विस्तारसँगै मधेश प्रदेशको मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?