+
+

गुणस्तरमा आधारित पर्यटक भित्र्याउन मापदण्ड बनाऔँ : सांसद गौतम

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १६:००

३२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन मापदण्ड बनाउनुपर्ने बताएकी छिन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गौतमले नेपालमा संख्यामा भन्दापनि गुणस्तरमा आधारित पर्यटक भित्र्याउनुपर्ने बताएकी हुन् । उनले त्यसको लागि मापदण्ड बनाउनुपर्ने पनि बताइन् ।

उनले भनिन्, ‘साँच्चिकै परिवर्तन गर्ने हो भनेदेखि गुणस्तरमा आधारित पर्यटकहरु भित्राउनुपर्छ । त्यसको लागि मापदण्ड तयार गर्ने कुरामा सरकार संवेदनशील हुनुपर्‍यो ।’

उनले नीति नै बनाएर खर्च गर्नसक्ने पर्यटक मात्रै भित्र्याउनुपर्ने बताइन् । नेपालको पर्यटनको मूल आधार हिमाल, प्राकृतिक सम्पदा र संस्कृतिहरु रहेका भन्दै त्यहाँ नआउने पर्यटकहरुबाट पर्यटन प्रवर्द्धन नहुने उनले बताइन् । उनले संख्यामा पर्यटक गन्न छोड्नुपर्ने बताइन् ।

‘मन्त्रीले मागेजति दिदाँ एकछिन वाहवाही त होला तर नेपालको पर्यटन क्षेत्रमा यसले कत्तिपनि योगदान दिन सक्दैन । हामीले भुटानमा जस्तो संख्यामा होइन, खर्च गर्न सक्ने पर्यटन भित्राउने किसिमको नीति लिनुपर्छ जस्तो लाग्छ,’ उनले भनिन्, ‘नेपालको पर्यटनको मुल आधार भनेको हाम्रो हिमालहरु हुन् । प्राकृतिक सम्पदाहरु हुन् । यहाँका संस्कृतिहरु हुन् ।’

सांसद गौतमले ट्रेकिङ टेल मासेर सडकहरु पुर्‍याइएको भन्दै यसले ट्रेकिङ व्यवसायलाई धरापमा पारेको बताइन् । उनले ट्रेकिङ टेलको रक्षा गर्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?