+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट ९४ करोडभन्दा बढी ठगी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते १२:३६

२ असार, काठमाडौं । कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको झण्डै ९४ करोड २३ लाख रुपैयाँ रुकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज पत्रकार सम्मेलन गरी संस्थाका अध्यक्ष, व्यवस्थापक र सदस्यहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा तनहुँको ब्यास नगरपालिका वडा नम्बर ११ घर भई हाल काठमाडौंको गोकर्ण बस्ने कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा, उनकी श्रीमती सजना राजकर्णिकार तथा सहकारी संस्थाका सदस्यद्वय ५३ वर्षीय भिमसेन महर्जन र ४७ वर्षीय सञ्जय सापकोटा छन् ।

तेजविक्रम र सजना श्रीमान–श्रीमती हुन् । तेजविक्रम अध्यक्ष र सजना व्यवस्थापकको जिम्मेवारीमा थिए ।

ललितपुरको कुमारीपाटीस्थित सो सहकारी संस्थाले बचतकर्ताको ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । सो संस्थाबाट २ हजार ५३१ जना बचतकर्ता पीडित भएको र ५६६ जनाले प्रहरीमा जाहेरी दिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?