+
+

नक्कली लाइसेन्स प्रकरण : उपसचिवसहित ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते १९:१२

२ असार, काठमाडौं । नक्कली लाइसेन्स विवरणबारे छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उपसचिवसहित ५ जनालाई पक्राउ परेको छ ।

वन मन्त्रालयका उपसचिव केशव अर्याल पक्राउ परेका हुन् । स्याङ्जाका ४५ वर्षीय अर्याल यातायात व्यवस्था कार्यालय तत्कालीन कार्यालय प्रमुख हुन् ।

यस्तै यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत कम्यूटर अधिकृत ३७ वर्षीय पदम राज आचार्य, बुटवलका ३३ वर्षीय शाखा अधिकृत सुवास पौडेल र चितवनमा ३० वर्षीय सहायक कम्युटर अपरेटर राजेश लम्साल पनि पक्राउ परेका छन् । यस्तै यातायात व्यवस्था कार्यालय, जनकपुरमा कार्यरत सहायक कम्प्युटर अपरेटर ४७ वर्षका दिलिपकुमार साह पनि पक्राउ परेका छन् ।

करिव १ लाख नक्कली लाइन्सेस विवरण भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

यसमध्ये कागजी लाइसेन्सको विवरणलाई स्मार्ट लाइसेन्स दर्ता प्रणालीमा इन्ट्री गर्दा फर्जी विवरण राखेर गैरकानुनी रुपमा लाइसेन्स जारी गर्न संलग्न भएको पाइएकाले उपसचिव अर्यालसहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतले उनीहरुलाई सरकारी लिखतसम्बन्धी कसुरमा अनुसन्धानका अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?