+
+

यस्तो छ ‘सरफिरा’मा अक्षय कुमार र परेश रावलको केमेस्ट्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ४ गते १५:४७

काठमाडौं । अक्षय कुमार र परेश रावलको जोडीलाई दर्शकले ‘हेराफेरी’देखि ‘आवारा पागल दिवाना’सम्मका फिल्ममा उत्तिकै रुचाएका छन् । तर यस पटक पर्दामा उनीहरुको केमेस्ट्री एकदमै फरक हुनेछ ।

मिस्टर खिलाडीको सन् २०२४ मा आउने फिल्म ‘सरफिरा’को ट्रेलरले यसको संकेत गर्छ । जहाँ अक्षय विमान कम्पनी सञ्चालक बन्ने सपना पूरा गर्न संघर्ष गर्छन् भने परेश स्थापित एयरलाइन्सका मालिक हुन्छन् ।

फिल्मले सपना देख्नुपर्छ र पूरा गर्न जस्तोसुकै संघर्ष गर्न तयार हुनुपर्छ भन्ने सन्देश दिने प्रयास गरेको छ ।

आफ्नो नयाँ फिल्मको ट्रेलर इन्स्टाग्राममा सेयर गर्दै अक्षय कुमारले क्याप्सनमा लेखेका छन्, ‘सपना त्यो होइन, जुन तिमी सुतेको बेला देख्छौ । सपना त्यो हो जसले निदाउन दिंदैन । यस्तै एउटा सपनाको कथा हो सरफिरा । ट्रेलर आएको छ, सरफिरा जुलाई १२, २०२४ मा थिएटरमा आउँदैछ ।

ट्रेलर सार्वजनिक भएसँगै फ्यानहरुले कमेन्ट गर्न थालेका छन् । एक समाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘एक खेलाडी सबैभन्दा उत्कृष्ट छन् । अर्का प्रयोगकर्ता लेख्छन्, ‘अल टाइम ब्लकबस्टर फिल्म ।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘अक्षय कुमार रियल हिरो हुन्, पाजी ।’

सरफिरा आगामी १२ जुलाईमा रिलिज तयारीमा छ । फिल्ममा अक्षय, परेश र राधिका मदनको मुख्य भूमिका छ । फिल्मलाई सुधा कोंगारा प्रसादले निर्देशन गरेकी हुन् भने निर्मातामा सूर्या, ज्योतिका र अरुणा भाटिया छन् ।

अक्षय कुमारको पछिल्लो फिल्म ‘बडे मियाँ छोटे मियाँ’ केही समयअघि रिलिज भएको थियो, जुन बक्स अफिसमा असफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?