+
+

चिकित्सक विनोद ढकालको उपन्यास ‘बगुवा पानी’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १७:५२

काठमाडौं । चिकित्सक विनोद ढकालको सामाजिक उपन्यास ‘बगुवा पानी’ सार्वजनिक भएको छ । शनिबार प्रज्ञा भवनमा आयोजित समारोहमा वरिष्ठ साहित्यकार भागीरथी श्रेष्ठ, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसका डिन प्राध्यापक डा. मनोज हुमागाईं र प्राध्यापक डा. अजय रिसालले पुस्तक विमोचन गरे ।

पेशाले प्याथोलोजिस्ट रहेका डा. ढकालले लेखेको ‘बगुवा पानी’ उपन्यासमा नेपाली समाजको यथार्थलाई प्रस्तुत गर्ने कोसिस गरेका छन् ।

वरिष्ठ साहित्यकार श्रेष्ठले विमोचन गर्दै समाजमा रहेका विसङ्गतिलाई सरल भाषामा मिठासपूर्ण शैलीले उजागर गर्ने काम उपन्यासले गरेको बताइन् ।

यस्तै डा. हुमागाईं र प्राध्यापक डा. रिसालले उपन्यासले नेपाली समाजको यथार्थलाई जीवन्त रुपमा चित्रण गरेको बताए ।

‘बगुवा पानी’ सडक दुर्घटनाको विषयलाई लिएर लेखिएको पुस्तक भएको लेखक डा. ढकालले जानकारी दिए । उनको यसअघि प्याथोलोजी (रोग विज्ञान) सम्बन्धी पुस्तक सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?