+
+

डा. लोचन कार्कीलाई स्कटल्यान्डमा अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १६:२१

३० असार, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का शिक्षाध्यक्ष तथा नेपाल चिकित्सक संघका (एनएमए) निवर्तमान अध्यक्ष डा. लोचन कार्की स्कटल्यान्डमा सम्मानित भएका छन् ।

डा कार्कीलाई संयुक्त अधिराज्य (यूके)को स्कटल्यान्डस्थित एडिनवर्गमा रहेको रोयल कलेज अफ फिजिसयनले अवार्ड प्रदान गरेको हो । उनले बिहीबार रोयल कलेज अफ फिजिसयन अफ एडिनबर्गको अवार्ड प्राप्त गरेका हुन् । अवार्डका लागि उनलाई गत फेब्रुअरी ९ मा जानकारी दिइएको थियो ।

एक हप्ता अघि एडिनवर्गस्थित रोयल कलेज अफ सर्जनबाट दुई नेपाली शल्य चिकित्सकले अवार्ड पाएका थिए । वरिष्ठ मुटुशल्यचिकित्सक डा. भगवान कोइरालाले रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्ग (एफआरसीएसइडी) को अवार्ड र डा. कमल अर्यालले फेलो अफ फ्याकल्टी अफ सर्जिकल ट्रेनर्स एफएफएसटीईडी) अवार्ड प्राप्त गरेका थिए ।

अवार्डबाट थप चिकित्सा क्षेत्रमा काम गर्ने हौसला प्राप्त भएको डा. कार्कीले प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?