+
+

युरो महँगिने क्रम जारी, यस्तो छ रियाल, रिंगिट र दिराम भाउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते ८:४५

३१ असार, काठमाडौं । सोमबार युरो थप २३ पैसा महँगिएको छ । राष्ट्र बैंकले यस दिनका लागि एक युरोको बिक्रीदर मूल्य १४६ रुपैयाँ १२ पैसा तोकेको छ । त्यस्तै खरिददर मूल्य १४५ रुपैयाँ ४६ पैसा छ । अमेरिकी डलर स्थिर छ । अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ९६ पैसा, खरिददर मूल्य १३३ रुपैयाँ ३६ पैसा छ ।

अष्ट्रेलियन डलर १४ पैसा बढेको छ । एक अष्ट्रेलियन डलरको बिक्रीदर मूल्य ९० रुपैयाँ ८८ पैसा तथा खरिददर ९० रुपैयाँ ४७ पैसा कायम भएको छ । क्यानेडियन डलरको बिक्रीदर ९८ रुपैयाँ २६ पैसा तथा खरिददर मूल्य ९७ रुपैयाँ ८२ पैसा छ ।

एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ६९ पैसा, खरिददर मूल्य २८ रुपैयाँ ५६ पैसा छ । आइतबारको तुलनामा कतारी, साउदी रियाल र यूएई दिरामबो विनिमयदर स्थिर छ ।

एक कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७४ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ ५७ पैसा तोकिएको छ । साउदी अरेबियन रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ७२ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

बैंकले एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ४७ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ ३१ पैसा तोकेको छ । सर्वसाधारणले आफूसँग भएको विदेशी मुद्रा सटही गर्दा खरिददर मूल्य पाउँछन् भने विदेशी मुद्रा लिनुपर्दा बिक्रीदर मूल्य तिर्नुपर्छ । १० जापानी यनको बिक्रीदर मूल्य ८ रुपैयाँ ४८ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?