+
+

मेडिकल काउन्सिलका ६ सदस्यको नियुक्ति गायब

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १ गते १७:२९

१ साउन, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको ६ जना रिक्त सदस्य पदको नियुक्तिसम्बन्धी निर्णय गायब भएको छ ।

२४ जेठको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा ६ जनालाई नियुक्त गरेको तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप यादवले बताएका थिए ।

मन्त्रिपरिषद् बैठकले सदस्य नियुक्तिसम्बन्धी निर्णय गरेको थियो । तर माइनुट गर्ने बेला उक्त निर्णय रोकिएकोे स्वास्थ्य मन्त्रालय स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

२४ जेठको मन्त्रिपरिषद् बैठकले प्रा. डा. दिव्यासिंह शाह, डा. सुमन नेपाल, डा. मधु न्यौपाने, डा. कुम्भराज जोशी, प्रा. डा. रविन्द्रमान श्रेष्ठ र डा. वीरेन्द्रबहादुर प्रधान नियुक्त गर्ने निर्णय गरेको थियो । तर उनीहरूले हालसम्म नियुक्तिपत्र पाएका छैनन् ।

नियुक्त भएको हल्ला सुने पनि हालसम्म पत्र नआएको डा. दिव्यासिंह शाहले अनलाइनखबरलाई बताइन् ।

मेडिकल काउन्सिलमा नै नियुक्त गरिएको भन्ने पत्र पुगेको छैन । काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले २४ जेठको मन्त्रिपरिषद् बैठकले काउन्सिलको सदस्य पदमा नियुक्त गर्‍यो भन्ने खबर प्राप्त भए पनि औपचारिक पत्र काउन्सिललाई नआएको बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पनि प्रधानमन्त्री कार्यालयबाट सदस्य नियुक्त भएको औपचारिक जानकारी प्राप्त नभएको बताए । ‘प्रस्ताव त गएको थियो तर निर्णय भएको भन्ने औपचारिक जानकारी आएको छैन,’ डा. बुढाथोकीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?