+
+

माओवादी सांसदको प्रस्ताव : स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते १४:५५

४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद विष्णुबहादुर विश्वकर्माले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेले राजनीतिक स्थिरता चाहेको भए यसका लागि तयार भएर संविधान संशोधनको पहल लिन सक्ने उनको सुझाव छ । अन्यथा संविधानको संशोधनको बहस व्यर्थ हुने उनको भनाइ छ ।

शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक सरोकार समयमा बोल्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने गरी सहमतिको पहल लिन आग्रह गरे ।

‘उत्पीडित वर्गको उन्नति र समुन्नति आत्मबाटै चाहेको हो भने पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा सहमति खोजियोस् । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रदेश प्रमुखको लागि सहमति खोजियोस् ।’

संघीय संसदका दुई ठूला दल कांग्रेस र एमाले बीचमा संविधानमा आवश्यक पुनरावलोकन गर्ने समझदारीसहित नयाँ सरकार बनेको छ । यस सन्दर्भमा माओवादी सांसद विश्वकर्माले असल नियतका साथ संविधान संशोधन गर्न खोजिए आफूहरूको सहयोग रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?